सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, December 18, 2011

ओबामाले छोरीलाई फेसबुक चलाउन दिएनन्

विश्वमा निकै चर्चित रहेको सामाजिक संजाल फेसबुक नचलाउने मानिस विकशित देशहरुमा सायदै हुन्छन् होला । सूचना प्रविधिको वर्तमान युगमा फेसबुक सामान्य व्यक्ति देखि लिएर चर्चित व्यक्तिहरुको समेत अभिन्न अंग बनेको छ । तर अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने आफ्ना छोरीहरुलाई फेसबुक प्रयोग गर्न बन्देज लगाएका छन् ।
सन् २००८ को राष्ट्रपतीय चुनावमा यस्तै सामाजिक संजालको सहारा लिएका ओबामाले आफ्ना छोरीहरुलाई फेसबुक चलाउन दिँदैनन् भन्ने कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । तर यो कुरा सोह्रै आना सही हो की आफ्नो पारिवारिक मामिलामा कोही बाहिरी व्यक्तिले दखल नपुराओस् भनेर ओबामाले आफ्ना छोरीहरुलाई फेसबुकबाट टाढै राखेका छन् ।
बेलायती पत्रिका मेल अनलाइनका अनुसार आफ्नो पारिवारिक जिवनका व्यक्तिगत मामिलाहरु सार्वजनिक गर्नुको औचित्य नरहेको भन्दै ओबामाले छोरीहरुलाई फेसबुक प्रयोग गर्न दिएका छैनन् । छोरीहरु तरुनी बन्दैजाँदा फेसबुकका कारण कतै बिग्रने हुन् की अर्थात् आफ्नो परिवारको आन्तरिक कुरा छोरीहरुले अन्जानमा अरुलाई बताउने हुन् की भन्ने डरका कारण ओबामाले यस्तो कदम उठाएका बताइन्छ । उनकी जेठी छोरी १३ वर्षकी छिन् भने कान्छि छोरी १० वर्षकी छिन् । आउादो ४ वर्षसम्म आफुले छोरीहरुलाई फेसबुक प्रयोग गर्न नदिने ओबामा बताउाछन् ।
छोरीहरुलाई फेसबुक प्रयोग गर्न नदिने ओबामा भने फेसबुकमा निकै लोकपृय छन् । चुनावी अभियान समेत सामाजिक संजालमार्फत संचालन गरेका उनलाई सोसस मिडिया राष्ट्रपति समेत भनिन्छ । उनको फेसबुक पेजलाई २ करोड ४० लाख मानिसले मन पराएका छन् । उनले आउँदो वर्ष हुने राष्ट्रपतीय चुनावका लागि पनि फेसबुकबाटै प्रचार अभियान सुरु गरिसकेका छन् । यो हप्तामात्रै उनले आफ्नो फेसबुकमा केही पारिवारिक तस्वीर अपलोड गरेका थिए । पत्नी र छोरीहरु सागै रहेको एउटा तस्वीर जसलाई उनले यो हप्तामात्र अपलोड गरेका छन् त्यसलाई ७१ हजार जनाले मन पराएका छन् भने ११ हजारले कमेन्ट गरेका छन् ।

No comments:

Post a Comment