सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, November 22, 2011

भट्टराई सरकारको औचित्य समाप्त भएको एमालेको ठहर

६ मंसिर, काठमाडौं ।
 नेकपा एमालेले डा. बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारको औचित्य समाप्त भएको ठहर गरेको छ । एमाले स्थायी समितिको मंगलबार बसेको बैठकले औचित्य समाप्त भइसकेको सरकारले राजीनामा दिनुको विकल्प नभएको निष्कर्ष निकालेको छ ।
चारबुँदे सहमतिको आधारमा बनेको वर्तमान सरकारको औचित्य सातबुँदे सहमतिसँगै सकिएकाले राष्ट्रिय सहमतिको सरकारका लागि प्रधानमन्त्री भट्टराईले राजीनामा दिएर बाटो खोली दिनु पर्ने राजनीतिक प्रस्ताव स्थायी समितिले पारित गरेको हो ।

 ’सातबुँदे सहमतिसँगै चारबुँदेको जगमा बसेको वर्तमान सरकारको औचित्य सकिएको छ’ बैठकपछि एमाले सचिव शंकर पोखरेलले भन्नुभयो-’सातबुँदे सहमति अनुसार राष्ट्रिय सहमतिको सरकारका लागि प्रधानमन्त्रीले बाटो खोलिदिनुपर्छ ।’
स्थायी समितिले पारित गरेको राजनीतिक प्रस्ताव भोलिबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ । बैठकमा सातबुँदे सहमतिको कार्यान्वयन, वर्तमान सरकारका कामकारबाही, संविधानसभाको म्याद र सातबुँदे सहमतिअनुरुप राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा विस्तृत छलफल हुनेछ ।

No comments:

Post a Comment