सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, November 22, 2011

राजेशलाई गन्हायो नायिकाको चुरोट

नायक राजेश हमाल धुम्रपान र मद्यपान सेवनबाट टाढा जस्तै छन् । कहिलेकाहीं पार्टीमा पिउनु सामान्य भएपनि उनी धुम्रपान भने कहिलेपनि लिँदैनन् । धुम्रपान नगर्ने मानिसलाई अरुले छेउमै पुगेर धूवाँ उडायो भने पनि गाह्रो हुन्छ । यसैले पनि नायक हमाललाई अरुले धुम्रपान गर्यो भने अप्ठ्यारो महशुस हुनु स्वभाविक नै हो ।
एक चलचित्रको छायांकनको क्रममा हमाललाई एक नायिकाले गरेको धुम्रपानले पार्नु अप्ठ्यारोमा पारेको रहेछ । काठमाडौ वरपरका क्षेत्रमा भएको चलचित्र ‘मेरो जीवनसाथी’को छायांकनको क्रममा हमालले भोगेको घटना हो । नायक राजेश हमाल एक नायिकासँग गीतको छायांकन गरिरहेका थिए । धुम्रपान जस्तो विषय भएकाले हामीले यहाँ नायिकाको नाम भने उल्लेख गरेका छैनौ ।
छायांकन गर्ने क्रममा राजेशलाई आफ्नो मुख ती नायीकाको मुख नजिकै लानु पर्नेथियो । निर्देशकले ‘एक्सन’ बोलेपछि हमालले आफ्नो मुख नायिकाको मुख नजिकै लगे । नायक हमालले के नजिकै मुख लगेका मात्र थिए, उनलाई चुरोटको गन्ध आयो ।

उनले आफ्नो अनुहार बिगारे । तर, ‘टेक’मा भएका कारण राजेशले त्यहाँ कुनै प्रतिक्रिया जनाईहाल्ने अवस्था थिएन । ‘टेक’ सकिएपछि हमालले आफ्ना नजिकका व्यक्तिलाई आएर भनेछन् – ‘अरे अचेलका नायिका त सबै कुरा सेवन गर्दा रहेछन् नि, पहिला पहिलाको नायिकामा त यस्तो बानी हुँदैनथ्यो ।’
नायिकाले चुरोट सेवन गरेर छायांकनका लागि तयार भएकी रहिछन् । चलचित्रको छायांकनको क्रममा चुरोट तथा अन्य कुराको सेवनले अरुलाई पनि असर गर्छ भन्ने बुझ्नु पर्दछ । किनकी, धुम्रपान गर्नेलाई भन्दा छेउकै व्यक्तिलाई अझ बढी असर गर्छ ।

No comments:

Post a Comment