सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, November 23, 2011

बियरका बोतलबाट साउण्ड सिस्टम !!!

जमैकामा हालै त्यहाँको सबैभन्दा लोकप्रिय बियर रेड स्ट्रिपका बोतल तथा अरु फाल्तु सामानबाट केही उपयोगी वस्तु बनाउने प्रतियोगिता भएको छ । ‘मेक समथिंग आउट अफ नथिंग’ नामको प्रतियोगितामा एक जना जापानी प्रतियोगीले निकै अनौठो आविष्कार गरे । जापानी डिजाइनर यूरी सुजुकीले म्याथ्यु निबोनसँग मिलेर ५ हजार बियरका बोतलबाट साउण्ड सिस्टमको निर्माण गरेका छन् ।
साउण्ड सिस्टमको लागि आवश्यक पाँच हजार बोतल उनले यहीँ वर्ष आयोजित नटिंग हिल कार्निभलबाट जम्मा गरेका थिए ।
यूरीले बनाएको साउण्ड सिस्टम २.५ बाइ २.५ मिटरको छ ।
यसमा बियरका बोतलको संरचनाको बिचमा स्पिकर र माइक्रोफोन राखिएको छ ।
जमैकाका गायक तथा गीतकार ग्यापी र्यांक्सले यो साउण्ड सिस्टमको परिक्षण समेत गरेका थिए ।
ग्यापीले आफु उक्त साउण्ड सिस्टमको साउण्ड क्वालिटी र डिजाइनबाट प्रभावित भएको बताए ।

No comments:

Post a Comment