सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, November 17, 2011

अब किताब पढ्ने कलम

सबैलाई थाहा छ कलमको काम लेख्ने हो । कलमले लेखेको कुरा मान्छेले पढ्ने गर्छ । तर अब कलमको काम लेख्नमा मात्र सिमित छैन । भारतमा यस्तो कलमको विकाश गरिएको छ जसले लेख्ने होइन किताब पढेर तपाइँलाई सुनाउँछ ।
भारतको भोपालमा शिक्षा क्षेत्रमा काम गरिरहेको एक सस्थाले तयार पारेको यो विद्युतिय कलम वास्तवमा विशेष प्रकारको डिभाइस हो जसमा एमपिआर अर्थात् मल्टिमिडिया प्रीन्ट रीडर हुन्छ । जब यो डिभाइसलाई किताबको पाना नजिक पुराइन्छ तब किताबमा लेखिएका शव्दहरु यसमा जोडिएको सानो स्पिकरबाट सुनाउन सुरु गर्छ ।
किताब पढेर सुनाइदिने कलमको आविष्कार शिक्षा क्षेत्रमा ठूलो उपलब्धी भएको सस्थाको दाबी छ । यसबाट साना बच्चाहरुमा किताबप्रतिको रुची बढ्ने तथा अनुवादको समस्या पनि हल हुने विश्वास लिइएको छ ।

No comments:

Post a Comment