आधुनिकता सँगै सम्बन्ध विच्छेदका घटनामा विश्वभरी नै वृद्धि भैरहेको छ । खासगरी सामाजिक सम्बन्धमा आइरहेको परिवर्तन तथा मान्छेको सोँच्ने तरिकामा आएको फरकपनाले गर्दा वैवाहिक सम्बन्धमा पहिले भन्दा बढि खटपट आउने गरेको मनोविज्ञहरु बताउँछन् ।
सम्बन्ध विच्छेदका घटना युरोप तथा अमेरिकाका खुला समाजमा बढि हुँदाहुन् भन्ने हाम्रो सहज अनुमान हुनसक्छ । तर युरोप अमेरिका भन्दा हाम्रै छिमेकी देश चीन यस काममा सबैभन्दा अगाडि छ ।
चीनको गृह मन्त्रालयको तथ्यांक अनुसार देशमा हरेक दिन दश हजार जनाले सम्बन्ध विच्छेद गर्ने गरेका छन् । सन् २०११ का दश महिनामा मात्र २ करोड ८० लाख दम्पतिहरुले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका चिन सरकारको तथ्यांक छ ।
पछिल्ला ५ वर्षमा चीनमा सम्बन्धविच्छेद सात प्रतिशतले बढेको छ । ‘तलाक’का सबैभन्दा बढि घटना बेइजिङ र सांघारी जस्ता सहरी क्षेत्रहरुमा हुने गरेका छन् । अधिकारीहरुले चीनमा सम्बन्धविच्छेदको दर खतराको विन्दुमा पुगिसेकेको बताएपनि यसको खास कारण पहिल्याउन सकिएको छैन ।
No comments:
Post a Comment