सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, November 10, 2011

विश्व साइकलयात्री लुटिएपछि स्वदेश फिर्ता

२१ कात्तिक, दमक ।
 विश्व भ्रमणमा निस्केका साइकलयात्री बङ्गलादेशमा लुटिएपछि स्वदेश र्फकेको छ । देश/विदेशमा रहेका नेपालीलाई एउटै मालामा गासेर देश निर्माणमा जुटौँ भन्ने नारा लिएर विश्व भ्रमणमा निस्केएका कपिलवस्तु भलवाड गाविस-५ बस्ने ३७ वषर्ीय हेमराज पौडेल यात्राकै क्रममा लुटिएपछि स्वदेश फिर्नु भएको हो ।
बङ्गलादेशमा लुटिएपछि खर्च अभावमा दुःखकष्ट गर्दै झापाको मेचीनगर आइपुगेको बताउँदै पौडेलले मुलुकलाई लागुऔषध प्रयोगरहित बनाउने र विश्वभर छरिएर रहेका नेपालीलाई एउटै हौँ भन्ने भावनाको विकास गर्न साइकलद्धारा सन्- २००९ बाट कपिलवस्तुदेखि विश्व भ्रमणको यात्रा सुरु गरेको बताउनुभयो ।अहिलेसम्म पौडेलले नेपालका ६४ जिल्ला तथा भारतका १२ प्रान्तको भ्रमण गरिसकेको बताउँदै भ्रमणकै क्रममा बङ्गलादेशको मागुरा भन्ने स्थानमा दिउँसै आफू लुटिएको बताउनुभयो ।
चीन, भूटान, पाकिस्तानहुँदै बङ्गलादेशमा आफू पुगेको र त्यहाँ लुटेको उहाँले बताउनुभयो । लुटेराले उहाँको साथमा रहेको सामसुङ्ग कम्पनीको डिजिटल क्यामरा एकथान, रकम लुटेपछि बाँकी यात्रा अगाडि बढाउन नसकिएको उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment