सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, November 10, 2011

प्लास्टिकको बोतलबाट गोली छेक्ने घर

नाइजेरियाको एक गाउँमा गाउँलेहरुले प्लास्टिकका बोतलबाट घर बनाइरहेका छन् । यस्तो बोतलहरुबाट ३ तलासम्मका घर बनाइएका छन् ।
डेभलपमेन्ट एसोसिएसन फर रिन्युएबल इनर्जिजले सुरु गरेको परियोजना अन्तर्गत बनेका प्लास्टिकका घर अधिकतम ६ सय २४ वर्ग फिटमा बनाइएका छन् ।
यस्ता घरहरु चानचुने हैनन आगो, गोली, पानी र भुकम्प प्रतिरोधी समेत छन् । घरभित्रको तापक्रम १८ डिग्रीमा सन्तुलित हुन्छ जुन तापक्रम नाइजेरिया जस्तो गर्मी देशका लागि निकै आरामदायी हो । यसले सहरमा प्लास्टिकका बोतलको संख्यामा पनि कमी आउने र वातावरण प्रदुषण घट्ने बताइएको छ ।
यी घरमा सौर्य उर्जाबाट विजुली बालिएको छ भने किचमा पकाउनका लागि गोबरग्यासको प्रयोग गरिएको छ ।
पहिले प्लास्टिकका यस्ता साना बोतलहरु जम्मा गरेर त्यसमा बालुवा भरिन्छ र त्यस्ता बोतललाई इँटाको रुपमा गारो लगाउँदा प्रयोग गरिन्छ । बोतललाई अड्याउन सिमेन्टको प्रयोग हुन्छ ।
खम्बाको रुपमा बीचमा एउटा फलामको छड राखिएपनि त्यसको वरीपरी बोतल नै राखिएको हुन्छ । एउटा घर बनाउन १४ हजार बोतल लाग्ने बताइएको छ ।

No comments:

Post a Comment