सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, November 21, 2011

ठमेलका मसाज पार्लरमा यौन व्यापार

५ मंसिर, काठमाडौं ।
 ठमेल क्षेत्रमा संञ्चालित मसाज सेन्टरमा यौन व्यापार हुने गरेको पाइएको छ । ठमेल पर्यटन विकास परिषद्ले गरेको अनुगमनका क्रममा अधिकाशं मसाज पार्लरहरु नियमविपरीत सञ्चालन भइरहेको र यौन व्यापार हुने गरेको पाइएको हो । सोमबार सात मसाज पार्लरको अनुगमन गरिएको थियो ।
त्यसमध्ये दुईवटामा यौनजन्य क्रियाकलाप हुने गरेको पाइएको परिषद्का महासचिव एवम् अनुगमन टोलीका सदस्यसचिव राजुमान डङ्गोले जानकारी दिनुभयो । श्रीप्रसाद गुरुङद्वारा सञ्चालित न्यू ट्रेडिसनल थेरापी मसाज पार्लर र माया कुँवरद्वारा सञ्चालित नरसिंहचोक भित्रको आयुर्वेद मसाज सेन्टरमा भने यौन क्रियाकलापमा प्रयोग हुने सामग्री भेटिएको थियो । सदस्य सचिव डङ्गोलले मापदण्ड विपरीत सञ्चालित मसाज पार्लरका सञ्चालकहरु नभेटिएको र मसाजका लागि भनी राखिएको ‘बेड’ र शौचालयबाट यौनजन्य क्रियाकलापमा प्रयोग गरिने सामग्री मात्र भेटाइएकाले कसैलाई पक्राउ नगरिएको बताउनुभयो ।
परिषद्को नेतृत्वमा असोज २९ गतेदेखि ठमेल क्षेत्रका मसाज पार्लरहरुमा अनुगमन हुँदै आएको छ । जसमा २० प्रतिशत पार्लरले आंशिकरुपमा नियम पालना गर्ने गरेका पाइएको छ । उपत्यकामा करिब ९० को संख्यामा मसाज पार्लर सञ्चालनमा रहेका छन् । ठमेल क्षेत्रमा मात्रै ५५ पार्लर सञ्चालनमा छन् ।

No comments:

Post a Comment