सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, November 21, 2011

वृहस्पतीको चन्द्रमामा पानी

वैज्ञानिकहरुले वृहस्पती ग्रहको उपग्रह युरोपा मा पानी रहेको भरपर्दो प्रमाण फेला पारेको दाबी गरेका छन् ।
सन् १९८९ मा प्रक्षेपण गरिएको ग्यालिलियो अन्तरिक्षयानले खिचेका तस्वीरहरुको विश्लेषणबाट युरोपा उपग्रहको सतहमुनि पानीका कुवाहरु रहेको तथ्य फेला परेको हो । निकै कम तापक्रमका कारण बरफ अवस्थामा रहेको युरोपाको सतहभन्दा ३ किलोमिटर तल सानासाना ताल रहेका र तालमा रहेको तातो पानीबाट उडेको बाफ सतहका केही क्षेत्रमा छिद्र बनाएर बाहिर निस्किएको वैज्ञानिकहरुको भनाइ छ ।
नेचर जर्नलमा छापिएको अनुसन्धान प्रतिवेदनमा युरोपामा तरल पानी भेटिएपछि त्यहाँ जिवनको सम्भावना हुनसक्ने उल्लेख छ ।
जमिनको सतहभन्दा केही तल पानीका ताल भेटिएबाट सतहको बरफ र भित्रको पानी सक्रिय रुपमा एक आपसमा मिसिने गरेका र त्यसो हुँदा भूमिगत कुवामा बस्ने जिवजन्तु तथा वनस्पतीको लागि आवश्यक खनिजहरु पर्याप्त मात्रामा प्रसार हुनसक्ने वैज्ञानिकहरुको भनाइ छ ।

ग्यालिलियो अन्तरिक्षयानले ल्याएका तस्वीहरुको विश्लेषण गरी पछिल्लो नतिजा तयार पार्ने वैज्ञानिक टोलीका प्रमुख तथा टेक्सास विश्वविद्यालयका प्राध्यापक ब्रीटनी स्कमिडिटले यस्ता तथ्यहरुका कारण युरोपा र यसको भूमिगत समुद्रमा जिवको अस्तित्व सम्भव देखिएको बताएका छन् ।
वैज्ञानिकहरुले युरोपाको सतह किन चर्किएको छ भनेर वर्षौँदेखि अध्ययन गर्दै आएका थिए । अमेरिका र युरोपले संयुक्त रुपमा वृहस्पतीको उपग्रह युरोपाको अध्ययन गर्दै आएका छन् । थप अध्ययनको लागि सन् २०२० सम्ममा अर्को अन्तरिक्षयान युरोपामा पठाउने उनीहरुको लक्ष्य छ ।

No comments:

Post a Comment