सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, November 7, 2011

गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर

कुनै व्यक्तिले साइकलबाट विश्वको भ्रमण गरेको कुरा हामी सबैले सुनका छौँ र नेपालीले समेत यस्तो साहसिक काम गर्न भ्याएका छौँ । तर क्यानडाका एक व्यक्तिले भने हिँडेरै पृथ्वीको चक्कर लगाएका छन् ।
५६ वर्षका जीन बेलिव्यूले ११ वर्षमा पैदल हिँडेर पृथ्वीको परिक्रमा गरेको दाबी गरेका छन् । आफ्नो ४५ औँ जन्मदिनको अवसरमा सन् २००० बाट पृथ्वीको पैदल यात्रा सुरु गरेका जीनले हालै परिक्रमा पूरा गरेका हुन् ।
जीनले पृथ्वीको परिक्रमाका क्रममा लामो मरुभूमि र अप्ठेरा पहाड पनि पार गर्नुपर्यो । मेक्सिकोमा जीनको एक युवतीसाग प्रेम समेत बस्यो । सूडानमा हुँदा उनले दाह्री पाले र पगरी समेत पहिरिए । अझ रोचक कुरा त के भने चीनमा हुँदा उनले आफुसँग खानको लागि खाना नभएपछि सर्प समेत खाएका थिए ।
फिलिपिन्समा जीनले गुरिल्ला विद्रोहीसँग जोगिनका लागि सैनिक सुरक्षामा सीमा पार गरेका थिए । स्मरण रहोस् जीनको पृथ्वी भ्रमणको पूरै खर्च उनकी गर्लफ्रेन्डले उठाएकी छिन् । विश्व शान्तिका लागि पृथ्वीको चक्कर लगाएको उनको दाबी छ ।

No comments:

Post a Comment