सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, November 6, 2011

चप्पल चोर्ने कुकुर

भारतको वाराणसी स्थित चोलापुर इलाकामा पर्ने कटारी गाउँमा एक अनौठो स्वभाव भएको कुकुर छ । स्थानीय एक व्यक्तिले पालेको उक्त कुकुर जुत्ताचप्पल चोर्नमा व्यस्त हुने गरेको छ ।
शेरु नामको त्यस कुकुर अरुको घरमा गएर सुटुक्क जुत्ताचप्पल मुखमा च्याँपेर मालिकको घरमा ल्याउने गर्छ । उसले जुत्ता चप्पलमा कुनै नोक्सान पुराउँदैन र मालिकको घरमा ल्याएर लुकाएर राख्ने गर्छ ।
कुकुरको यस्तो बानीको कारण गाउँलेहरुलाई निकै सास्ती भएको छ । उनीहरुले जुत्ताचप्पल घरभित्रै राख्न थालेका छन् । पूजाआजा लगायतका समारोहमा शेरुबाट जुत्ताचप्पल जोगाउन चौकिदार नै नियुक्त गर्ने गरिएको छ । खेतबारीमा काम गर्दा समेत गाउँलेले बारीको छेउँमा चप्पल फुकालेर राख्न छाडेका छन् ।
कुकुरको चोरी आतंकका कारण मन्दिरहरुमा चप्पलको सुरक्षा गर्न चौकिदार नियुक्त गर्ने तयारी गरिएको छ । कुकुर आतंकको बारेमा गाउँलेले गाउँपञ्चायतमा उजुरी गरेपछि कुकुरको समस्या कसरी समाधान गर्ने होला भनेर गाउँ पञ्चायत पनि सोँचमग्न छ ।

कुकुरका मालिक सभाजित प्रजापतिले आफुले बच्चैदेखि पालेको शेरुले सानैदेखि यस्तो व्यवहार देखाउने गरेको बताउँछन् । कुकुर सानो छँदा घरका सदस्यका चप्पल उठाएर आफु बस्ने कुनोमा पूराउने शेरु ठूलो भएपछि भने गाउँका घरघर डुलेर चप्पल उठाएर ल्याउने गरेको छ ।
आफुले पालेको कुकुर चोर निस्केपछि प्रजापतिलाई निकै पिर परेको छ । कुकुरको यस्तो आदत छुटाउन उनले धेरैचोटी कुकुरमाथि कुटपिट गरे र घरबाट लखेटे तर उसको बानी सुध्रिएन ।
हेरौँ चप्पल चोर्ने कुकुरको यो आदतलाई गाउँपञ्चायतले कसरी सुधार्ने हो ।

No comments:

Post a Comment