सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, November 7, 2011

दुखिरने मुटु लाई, साट्न पाए हुन्थ्यो

दुखिरने मुटु लाई, साट्न पाए हुन्थ्यो
हाँसेकै छ जिबन भनी, ढाट्न पाए हुन्थ्यो
सताउछस् कती दैब, जीउने मन छैन अरु
मक्कउदै च्याती जीबन, फाट्न पाए हुन्थ्यो
कस्लाई पोखु बह मनको, भीडमा नी एक्लो म
आफ्नै मुटु चिरा पारि, काट्न पाए हुन्थ्यो
सहनुले सीमा नाग्यो, अती गरिस तैले दैब
देउता बस्ने मन्दिर नै, च्यातन् पाए हुन्थ्यो
दुखिरने मुटु लाई, साट्न पाए हुन्थ्यो
हाँसेकै छ जिबन भनी, ढाट्न पाए हुन्थ्यो

No comments:

Post a Comment