सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, November 6, 2011

मलेसियावाट १ हजार ४८ अबैध नेपाली कामदार स्वदेश फर्किए

क्वालालम्पुर । अवैधरुपमा विभिन्न मुलुकहरुवाट मलेसिया पुगेका कामदारहरुलाई मलेसिया सरकारले स्वदेश र्फकन दिएको समयसीमा (अक्टुबर ३१ तारिख ) भित्र करिव १ हजार ४८ नेपाली कामदार स्वदेश फर्किएका छन् । मलेसिया सरकारले दिएको आममाफी कार्यक्रम लागू भएदेखि (अक्टोबर ३१ ) सम्म १ हजार ४८ नेपाली कामदार स्वदेश फर्किएका हुन् ।
मलेसियाले तोकेको सीमाभित्र नेपालसहित इन्डोनेसिया, भारत, म्यानमार र भियतनामका गरी करिव २५ हजार ५ सय ६१ जना स्वदेश फर्किसकेका छन् । आममाफी कार्यक्रममा दर्ता भएका कुल १३ लाख ३ हजार १ सय २६ जना अवैध विदेशी कामदारमध्ये करिव ३३ हजार अवैध कामदार नेपाली थिए । आममाफी पाउने संख्याका आधारमा नेपाल तेस्रो स्थानमा पर्दछ ।
मलेसिया सरकारले दर्ता कार्यक्रममा दर्ता नगरेका, छुटेका र घर र्फकन दर्ता भएका कामदारका लागि स्वदेश र्फकने समय दिएको थियो । मलेसियाली सरकारको ‘पछिल्लो तथ्यांक अनुसार अक्टोबर ३१ सम्ममा १ हजार ४८ जना मात्रै स्वदेश फर्किएको मलेसियास्थित नेपाली दुतावासका उपनियोग प्रमुख लेखनाथ भट्टराईले जानकारी दिनु भयो ।
भट्टराईले वैध भई काम गर्न कतिपयले राहदानीका लागि आवेदन दिइरहेको र संकलित आवेदन नेपाल पठाइसकिएको समेत जानकारी दिनु भयो । यसैवीच मलेसियको सरकारले अबैध कामदारलाई वैध हुन आउँदो जनवरी १० सम्मको समय दिएको छ ।

No comments:

Post a Comment