सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, July 27, 2012

पाँचवटी श्रीमतीसँग सुत्दासुत्दै गयो प्राण

सेक्स मान्छेका लागि अनिवार्य कुरा हो । तर धेरै खाएपछि चिनी पनि तितो हुन्छ भनेझैँ सेक्स भन्ने चिज बढि भयो भने पनि त्यसले हानी अवश्य गर्छ । सामान्य हानीको त के कुरा आवश्यकताभन्दा वा क्षमताभन्दा बढि सेक्स गर्दा ज्यानै समेत जाँदो रहेछ ।

यस्तै भएको छ नाइजेरियाका एक धनी उद्योगपतिलाई । ६ स्वास्नीका लोग्ने रहेका ती मान्छेको आफ्नी पाँचवटी श्रीमतीसँग लगातार सेक्स गर्दा ज्यानै गएको छ । छैटौँ श्रीमतीसँग मात्र सेक्स गर्दा अरु पाँचवटी श्रीमतीले डाहा गरेर कचकच गरेपछि ती मान्छेले पाँचवटी श्रीमतीसँग लगातार लामो समयसम्म सेक्स गरेका थिए ।
बेनु राज्यका ओनोजा नामका ती पुरुष रातको तिन बजे रेष्टुरेन्टबाट घर फर्किएर कान्छी श्रीमतीलाई मात्र लिएर कोठामा सुत्न गएपछि अरु पाँचवटी श्रीमती रिसले आगो बनेछन् । उनीहरु सामुहिक रुपमा चक्कु र लट्ठी लिएर लोग्ने भएको ठाउँमा गएर आफुहरुलाई पालैपालो सम्भोग गर्न आग्रह गर्दै नगरेमा ज्यानै लिने धम्की दिएछन् ।
बिचरा ती लोग्ने चारवटीलाई त सकिनसकी सेक्सको स्वाद चखाएछन् तर जब पाँचौँ स्वास्नी सँग सेक्सका लागि ओछ्यानमा सुते उनको सास त्यहीँ बन्द भयो । सेक्स गर्दागर्दै लोग्नेको ज्यान गएपछि ती पाँचवटी स्वानी डरले जंगलतिर भागेछन् ।
तर प्रहरीले २ जना महिलालाई भने पक्राउ गर्न सफल भएको छ ।

Wednesday, July 25, 2012

डिभिजन फोरको प्रारम्भिक टोली मेहबुब परेनन्

१० साउन, काठमाडौं । आगामी सेप्टेम्बर १ देखि मलेशियामा हुने आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन फोरका लागि पहिलो चरणमा १८ जना खेलाडी छनौट गरेको छ ।
छनौटमा परेका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिने र प्रशिक्षणपछि टोलीको अन्तिम घोषणा गरिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । मेहबुब आलम प्रारम्भिक टोलीमा परेका छैनन् भने यज्ञमान कुमालले पहिलो पटक प्रारम्भिक टोलीमा स्थान बनाएका छन् ।
टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, अमृत भट्टराई, शक्ति गौचन, वसन्त रेग्मी, सञ्जम रेग्मी र राहुल वि.क. रहेका छन् । यस्तै महेश क्षेत्री, प्रदीप ऐरी, पृथु बाँस्कोटा, चन्द्र साउद, सागर पुन, विनोद भण्डारी, अनिल मण्डल, विनोद दा;m, सुवास खकुरेल र यज्ञमान कुमाल छन् ।

चुनाव सार्ने माओवादी प्रस्तावमा कांग्रेस-एमालेले छलफल गर्नै मानेनन्

१० साउन, काठमाडौं । विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेले संविधानसभाको निर्वाचन सार्ने माओवादीको प्रस्तावमा छलफल गर्न अस्वीकार गरेका छन् ।
एमाले मुख्यालय बल्खुमा बुधबार बसेको बैठकमा माओवादीले मंसिर ७ गतेका लागि घोषित निर्वाचन सम्भव नभएको भन्दै नयाँ मिति तोक्न प्रस्ताव गरेको थियो । तर, कांग्रेस र एमालेले भने सरकार परिर्वतनबारे सहमति नभई चुनावबारे छलफल नगर्ने अडान लिएका छन् ।
बैठकपछि नेताहरुले दलहरुबीच सहमतिका लागि नयाँ शिराबाट छलफल सुरु भएको बताएका छन् । तीन दलको बैठक लगतै कांग्रेस र एमाले शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

कोरियामा एक नेपालीद्धारा आत्महत्या

१० साउन, काठमाण्डौं । वैदेशिक रोजगारको लागि कोरिया गएका एक नेपालीले आत्महत्या गरेका छन् । डेढ बर्ष अघि कोरिया गएका प्यूठान स्याउलीबाङ-५, का ओमप्रसाद शेरचनले मंगलबार झुण्डिएर आत्महत्या गरेका हुन् ।
कोरियाको छनान फेक्सकदोङमा रहेको सामा सिजन कम्पनीमा कार्यरत रहेका शेरचनलाई मंगलबार विहान मृत अवस्थामा भेटिएको थियो । उनलाई कम्पनीकै शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको उनीसँगै काम गर्ने एक नेपालीले जानकारी दिएका छन् ।
कम्पनीको व्यवस्थापन र अन्य कर्मचारीहरुसँग पनि राम्रो सम्बन्ध रहेका शेरचनको मृत्युको कारण भने खुल्न सकेको छैन् । विद्युतिय सामानको उत्पादन गर्ने कम्पनीमा शेरचन तीन महिना अघिमात्र आएका थिए । उक्त कम्पनीमा ११ जना नेपालीले काम गर्दै आएका छन् ।
सोही कम्पनीमा गत बर्ष पनि पाल्पाका मनबहादुर दर्लामीले झुण्डिएर आत्महत्या गरेका थिए । घटनाको अध्ययन गरी स्थानिय प्रहरीले मंगलबारनै कोरिया स्थित नेपाली दूतावासलाई प्रतिवेदन बुझाईसकेको छ ।

नयाँ निर्वाचनमा जानुको विकल्प छैन : यादव

१० साउन, वीरगन्ज । सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले दलहरुको सहमतिमा नयाँ निर्वाचनमा जानुको अर्को विकल्प नरहेको वताउनु भएको छ । उहाँले मुलुकमा जारी संक्रमण र राजनीतिक संकटको समाधानका लागि उपयुक्त विकल्प नयाँ निर्वाचन नै रहेको वताउनुभयो ।
विरगञ्जमा मधेसी जनअधिकार फोरम गणतान्त्रिकले वुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादबले मरिसकेको संविधानसभालाई ब्युँताउनु भन्दा संविधानसभाकै नयाँ निर्वाचन गर्नु सबैभन्दा उपयुक्त विकल्प भएको वताउनभुयो । लोकतन्त्रमा जनता नै निणर्ायक शक्ति भएकाले दलहरु नयाँ निर्वाचनमा जानुको विकल्प नरहेकेा यादबको भनाई छ । यादबले दलहरुको सहमतिमा सरकारले घोषणा गरेको नयाँ निर्वाचन हुनेमा आफू विश्वस्त रहेको वताउनुभयो ।
संसद् वा संविधानसभा केको निर्वाचन गर्ने भन्नेमा बहस जरुरी नरहेको भन्दै यादबले संविधानसभाको निर्वाचनबाट बन्ने संविधानसभाले नै मुलुकको अग्रगामी परिवर्तन गर्न सक्ने वताउनुभयो । उहाँले प्रतिपक्षी नेपाली काँग्रेस र नेकपा एमालेका कारण सहमतिको सरकार गठन हन नसकेको आरोप लगाउनुभयो 

विप्पा सम्झौता खारेज हुनुपर्छ : चन्द

१० साउन, चितवन । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले भारतसँग सरकारले गरेको बिप्पा सम्झौता खारेज हुनुपर्ने माग गर्नुभएको छ । राष्ट्रिय जनस्वयम्सेवक केन्द्रको दोस्रो पूर्ण बैठकको जानकारी गराउन चितवनमा आयोजित पत्रकार सम्मेलनमा चन्दले कालोबजारी, चेलीबेटी बेचबिखन, लुटपाटविरुद्ध एक भएर संर्घर्ष गर्ने चेतावनी दिनुभयो । बर्तमान अवस्थामा विभिन्न आपराधिक घटनाको बृद्धि भएपनि त्यसलाई नियन्त्रण गर्न सरकार उदासिन रहेको उहाँको आरोप थियो ।
चन्दले राजनैतिक गतिरोध अन्त्यका लागि सर्वपक्षीय गोलमेच सभा र अन्तरिम संयुक्त सरकार नै अहिलेको उपयुक्त र वस्तुवादी विकल्प रहेको बताउनुभयो ।
नेकपा-माओवादीले अगाडि सारेको जनवादी क्रान्तिको आन्दोलनमा सहभागी भए एकीकृत नेकपा माओवादी मात्र नभई जनसुकै कम्युनिस्ट घटकसँग पनि एकता हुने सचिव चन्दको भनाइ थियो ।
जनस्वयम्सेवक केन्द्रका इन्चार्ज चन्दले केन्द्रले मुख्यरुपमा जनताको सेवा, निर्माण र सुरक्षाका क्षेत्रमा काम गर्ने स्पष्ट पार्नुभयो