सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, June 30, 2012

माओवादी कार्यकर्तावीच चितवन कार्यालयमै झडप


१५ असार, चितवन ।
 कार्यालय प्रयोगका बिषयमा एकीकृत नेकपा माओवादी र नव गठित नेकपा-माओवादीका कार्यकर्ता बीच चितवन जिल्ला कार्यालयमा झडप भएको छ ।
भरतपुरको कृष्णपुरमा रहेको कार्यालयमा भएको झडपमा परी पाँच जना घाईते भएका छन् । घाईते मध्ये नेकपा-माओवादी समर्थित होमबहादुर खड्का र लालसिंह सिंहको अबस्था गम्भिर रहेको बताइएको छ ।
एकीकृत नेकपा माओवादीले जनवर्गिय संगठनहरुको अन्तरिक्रिया कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको थियो । अन्तक्रियामा सहभागि हुन माओवादी नेता नारायण दाहाल चितवन पुगेकै बेला झडप भएको हो ।
पार्टी विभाजन भएपछि पार्टीको कार्यालय कसले प्रयोग गर्ने भन्ने विवाद रहेको थियो । करोडौं मूल्य पर्ने जग्गा र भवन रहेको सो कार्यालय बााडफााड गर्ने अनौपचारिक सहमतिअनुसार दुवै पक्षले सो कार्यालय प्रयोग गर्दै आएका थिए ।

No comments:

Post a Comment