सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, June 27, 2012

बबरमहल विष्फोटका मूख्य योजनाकार पक्राउ


१३ असार , विराटनगर ।
 तीन जनाको ज्यान जाने गरी काठमाण्डौको बबरमहल बम विष्फोटका मूख्य योजनकार विश्वक्रान्ति भनिने राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन १५ गते बबरमहलको नेपाल आयल निगमको गेट अगाडि  बम बिष्फोट गराउने ४१ वर्षीय तामाङलाई पक्राउ गरिएको विराटनगर प्रहरीले जनाएको छ ।
धनकुटा चुङ्माङ-१ हिले घर भएका तामाङलाई विराटनगरवाट गएको प्रहरीको बिशेष टोलीले पाँचथरको लुमु्रपा-२, घुसपाते लेकबाट पक्राउ गरी विराटनगरमा ल्याएर वुधवार विहान पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो । क्षेत्रिय प्रहरी प्रमुख  डीआईजी सुरेन्द्र बहादुर शाहका अनुसार प्रहरीलाई तामाङलाई पक्राउ गर्ने स्थानमा पुग्न झण्डै १६ घण्टा लागेको थियो ।
पत्रकार सम्मेलनमा तामाङले मुल्य बृद्धीको बिरोधमा बम बिस्फोट गराएको स्वीकार गरेका छन् । उनले सर्वसाधारणको ज्यान लिने मनसायले भने बमविष्फोट नगराएको दाबीइ गरेका छन् । संयुक्त जातीय मोर्चाका प्रवक्ता तथा विदेश बिभाग प्रमुख रहेका तामाङ पाँचथरमा ‘नेल्सन’ उपनामले सेल्टर लिएर बस्दै आएका थिए ।
बम बिस्फोट, बिस्फोटको प्रयास र चन्दा असुलीमा तामाङको पार्टीको १९ ठाउँमा संलग्नता रहेको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ । संयुक्त जातीय मोर्चाले पछिल्लो पटक सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङका बिभिन्न स्थानमा बिस्फोट गराउने तयारी गरेको प्रहरीको दाबी छ ।

No comments:

Post a Comment