डेनमार्कमा गरिएको एक अध्ययनले गर्भावस्थाका बेला मदिराको सन्तुलित
मात्रा सेवन गर्नु गर्भको शिशुका लागि समेत फाइदाजनक भएको तथ्य फेला पारेको
छ ।

मदिराका शौखिन गर्भवती महिलाहरुले हप्तामा दुइ चोटी गरेर १ सय ७५
मिलिलिटर सम्म मदिरा सेवन गर्नसक्ने भनी चिकित्सकहरुले यअसघि भन्ने गरेका
भएपनि शोधकर्ताहरुले भने गर्भवती महिलाहरुले त्यसको तेब्बर मदिरापान गरेपनि
त्यसले नकारात्मक असर नपूराउने बताएका छन् ।
बेलायतको एक वैज्ञानिक पत्रिकामा छापिएको खबर अनुसार यो अध्ययनको क्रममा
१६२८ जना महिलालाई उनीहरुको गर्भावस्थाको विषयमा ५ वर्षसम्म निगरानी
गरिएको थियो । यसक्रममा गर्भवती महिलाले हप्तामा बढिमा ८ पेगसम्म मदिरा
सेवन गरेमा त्यसले आमा र बच्चालाई कुनै असर नपूराउने तथ्य फेला पर्यो । तर
यसो भन्दैमा गर्भवती महिलालाई मदिरा पान गर्न प्रोत्साहित गर्न भने नहुने
राय शोधकर्ताहरुको छ ।
No comments:
Post a Comment