सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, June 27, 2012

युद्धको विरोध गर्दै सैनिक पत्नी नांगिए (फोटो फिचर सहित)


युद्धले आखिर सिमित मान्छेलाई क्षणिक विजयको खुसी देला तर यसले कालान्तरमा दिने भनेको पीडा नै हो ।
अमेरिकाले विश्वका विभिन्न देशमा मच्चाएको युद्ध आतंकले अमेरिकी सासकहरु केही मात्रामा खुसी होलान् तर युद्धमा लडेर ज्यान गुमाउने वा बँचेर आएपनि मर्नु र बाँच्नुको जिन्दगी जिउन बाध्य भएका अमेरिकी सैनिकको परिवारमा कहिल्यै नमेटिने पीडा छ ।
युद्धमा मर्ने त मरिहाले तर मानसिक र शारीरिक रुपमा घाइते भएकाहरुको कथा निकै दर्दनाक छ । युद्धमा भाग लिएर फर्किएका धेरै अमेरिकी सैनिकहरु मानसिक रुपमा विरामी अवस्थामा छन् । उनीहरुमा पोष्ट ट्रमाटिक स्ट्रेस डिस्अर्डर भन्ने मानसिक समस्या छ ।
यो समस्याका कारण केही अमेरिकी सैनिकहरुले इराक तथा अफगानिस्तानको युद्धमा भाग लिएर घर फर्किसकेपछि आत्महत्या गरेका छन् ।
त्यसैले युद्धका कारण आफ्ना श्रीमान वा ब्वायप|mेन्डलाई गुमाएका वा मानसिक अवस्था बिगि्रएर पीडा सहनु परेका अमेरिकी सैनिकका जिवनसंगिनीहरुले युद्धको विभिषिकाबाट मुक्ति दिलाउन माग गर्दै नांगिएका छन् ।
उनीहरुले अनलाइनमार्फत आफ्नो टपलेस तस्वीर सार्वजनिक गर्दै पिठ्यूँमा विभिन्न कुराहरु लेखेर नांगो लडाइँ अभियान सुरु गरेका हुन् ।
लडाइँमा बाँचेर आएकाहरुमध्ये धेरैलाई मानसिक समस्या रहेको र त्यस्तो समस्याको समयमै समाधान नगरिएमा उनीहरु पनि आत्महत्याको बाटो रोज्न बाध्य हुने भन्दै यस्तो मानसिक समस्याको बारेमा जनचेतना जगाएर सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन आफुहरुले नांगो लडाइँ अभियान संचालन गरेको अभियानकर्मी सैनिक पत्नीहरुको भनाइ छ ।

No comments:

Post a Comment