सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, June 24, 2012

खोलाले बगाएर एकै परिवारका तीन बेपत्ता

१० असार, ताप्लेजुङ ।
 अविरल बर्षा पछि आएको बाढीले बगाउँदा ताप्लेजुङमा एकै परिवारका तीनजना बेपत्ता भएका छन् । स्थानिय साँवा खोलाले बगाएर लिम्खीम गाविसका एउटै परिवारका तीन जना बेपत्ता भएका हुन् ।
खेलमा काम गरेर अवेर मात्र घर र्फकने क्रममा गएराती लिम्खिम ९ सिवाका धनप्रसाद सुनुवारकी श्रीमती धनमायाँ सुनुवार उनका बालकुमार सुनुवार र नाती सुमन सुनुवारलाई खोलाले बगाएको हो ।
उनीहरुको अवस्था अज्ञात रहेकाले स्थानियबासी र प्रहरीको सक्रियतामा आज बिहानैदेखि खोजिकार्य जारी राखेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment