सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, June 25, 2012

बाढीले बगाएका तीन जना अझै बेपत्ता

११ असार, ताप्लेजुङ ।
 ताप्लेजुङको सावादिनमा रहेको सा खोलाले बगाएर बेपत्ता भएकाहरुको अवस्था अझै अज्ञात रहेको छ । शनिवार साँझ खेतको काम गरी आएका उनीहरुलाई सा खेालाले बगाएको थियो । त्यसपछि लगातार पानी परिरहेको र खोलाको सतह बढ्नुका साथै पानी धमीलो भएकाले खोजीकार्यमा कठिनाई उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
बेपत्ताहरुको खोजीका लागि सिवा, दोभान र सेसम्वु प्रहरी चौकीको उद्धार टोलीले खोजीकार्यलाई जारी राखेको छ । बाढीले बगाएर ताप्लेजुङको लिङ्खिम ९ का एकै परिवारका धनमाया सुनुवार, सुमन सुनुवार र सोनम सुनुवारलाई बगाएर बेपत्ता भएका छन् ।

No comments:

Post a Comment