सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, February 24, 2012

नेपाल प्रहरीका असईद्वारा गोली हानी आत्महत्या

१२ फागुन, उदयपुर । 
उदयपुरमा नेपाल प्रहरीका एक सहायक निरीक्षकले आफैंले बोकेको पेस्तोलले गोली हानी आत्महत्या गरेका छन् ।
जिल्लाको उत्तरपूर्वी जालपा चिलाउने गाविस -५ मा रहेको अस्थायी प्रहरी पोष्ट सुकौराका प्रमुख सहायक निरीक्षक बलबहादुर राउतले बिहान करिब ६ बजेको समयमा प्रहरी पोष्टभित्रै गोली हानी आत्महत्या गरेका हुन् । घटनालगत्तै आत्महत्या गरेको बताएको जिल्ला प्रहरी कार्यालय उदयपुरले आत्महत्या नभई हतियार सरसफाई गर्ने क्रममा अचानक पेस्तोल पडि्कएर उनको मृत्यु भएको दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र खड्काले आत्महत्या नभई हतियार सफा गर्ने क्रममा पड्किएको दाबी गर्नुभयो । ‘आत्महत्या हो कि भन्ने कुरा आएको थियो’, खड्काले अनलाइनखबरसँग भन्नुभयो, ‘तर, सफा गर्ने क्रममा अचानक पेस्तोल पड्किएर घटना भएको रहेछ ।’ राउतको पेटमा एक राउण्ड गोली लागेको बताइएको छ । खड्काका अनुसार राउतको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ ।

खबर पाएलगत्तै उदयपुर प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक नगिन्द्रप्रसाद उप्रेती एक टेालीका साथ घटनास्थल पुग्नुभएको थियो । घटनास्थल जिल्ला सदरमुकामबाट करिब २२ किलोमिटरको दुरीमा पर्छ ।

No comments:

Post a Comment