२० माघ, काठमाण्डौ ।
एकिकृत माओवादी नेताहरुविरुद्ध भारतको विहार राज्यको पटना अदालतमा परेको मुद्धामाथि आज सुनुवाई हुने भएको छ । भारतको बिहार राज्यस्थित पटना जिल्ला अदालतमा ११ माओवादी नेताहरु विरुद्ध परेको मुद्धामाथि हिजो सुनुवाई हुने भनिएपनि विशेष कारणवस सुनुवाई आजका लागी सरेको हो ।
विगत आठ वर्षदेखि कायम माओवादी नेताहरुविरुद्धको मुद्धा आज नै पटना अदालतले खारेज गर्ने सम्भावना रहेको एक सरकारी वकिलले वताए । आउदो फाल्गुन ५ गते नेपालका प्रधानमन्त्री एवम् माओवादी उपाध्यक्ष डा बाबुराम भट्टराई विहार राज्य भ्रमणमा आउन लागेको सन्दर्भ पारेर माओवादी नेताहरुमाथी लागेका मुद्धाहरु खारेजीको तयारी भएको हुन सक्ने विश्लेशकहरुले वताएका छन् । विहार सरकारका तर्फवाट सरकारका सरकारी वकिल जय प्रकाश सिंहले बुधवार अदातलमा पेस गर्नु भएको थियो ।
No comments:
Post a Comment