सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, February 17, 2012

नेपालीको आँखामा विहारको विकास रोल मोडलः प्रधानमन्त्री

५ फागुन, पटना 
। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको विहार राज्यको विकास, आर्थिक उन्नति र सामाजिक समावेशीकारण नेपालीको आँखामा रोल मोडेल भएको बताउनु भएको छ ।
पटनामा जारी ‘परिवर्तनमयी बिहारको विकासको लागि साझेदारी’ विषयक विश्व सम्मेलनको शुक्रबार उद्घाटन गदै प्रधानमन्त्री भट्टराईले विहारको विकासले नेपालीमा पनि इशर्याभाव जगाएको बताउनु भयो । ‘बिहार भ्रमणमा आउने धेरै नेपालीहरूले फर्केर मलाई बताउने गर्छन कसरी बिहारले नागरिक सुरक्षालाई मजबूत बनाएको छ र भौतिक पूर्वाधार निर्माण र स्तरोन्नतिलाई तिब्रता दिएकोछ. धेरै नेपालीको आँखामा बिहार अहिले विकास, आर्थिक उन्नति र सामाजिक समावेशीकारणको रोल मोडेल भएको छ’ भट्टराईले भन्नुभयो-’यो छोटो अवधिमा जे जति हाशिल गर्नु भयो त्यसले हामीमा पनि इर्श्याभाव जगाएको छ ।’
अहिले तिब्र आर्थिक वृद्धि हासिल गर्ने बाटोमा अगाडी बढ्न खोजिरहेको नेपालले बिहारबाट धेरै कुरा सिक्नु पर्ने भन्दै उहाँले सहकार्यमा जोड दिनु भयो । प्रधानमन्त्री भट्टराईले नेपाल भारत र खासगरी सीमावर्ती भारतीय राज्यहरूसँग बलियो आर्थिक सम्बन्ध कायम गर्न तयार रहेको बताउनु भयो । ‘नेपालको प्रचुर जलविद्युत क्षमता परस्पर हितका निमित्त उपयोग गर्न सकिन्छ. पशुपतिनाथ, लुम्बिनी र जनकपुर नेपालका महान धार्मिक पर्यटकीय क्षेत्र हुन् । दुवै क्षेत्रमा संयुक्त लगानीका उपक्रमहरू खडा गर्ने प्रचुर सम्भावना छ’ उहाँले भन्नुभयो-’दुवै देशका नेतृत्वमा समरुदारी, सद्भावना र दूरदृष्टिको खाँचो छ. आउनुहोस् यो बुद्ध र अशोकाको भूमिका हामीले मानवहितका लागि सहकार्य गरौं र एक्काईसौं शव्दिको नेतृत्व गरौं ।’

नेपालमा अहिले संविधानसभाबाट नयाँ गणतान्त्रिक संबिधान निर्माण गर्ने र संघिय ढाँचामा राज्यको पुनर्संरचना गर्ने प्रक्रिया जारी रहेको भन्दै उहाँले नेपाल अतुलनीय राजनीतिक संक्रमणको चरणमा रहेको बताउनु भयो । उहाँले भन्नुभयो-’ठुलो आँधी पछि जसरी पानी थामिन समय लाग्छ, हामी त्यस्तै एउटा चरणमा छौं ।’ प्रधानमन्त्री भट्टराईले सहमतिका लागि केही समय लागेपनि सहभागितामूलक लोकतन्त्रको एउटा नयाँ मोडेल विकास गर्ने बताउनु भयो । उहाँले सुशासन, पूर्वाधार विकास, रोजगारी लगायतका विषयमा नेपालको अवधारणा राख्नु भएको छ ।
कार्यक्रममा विहारका मुख्यमन्त्री नितिशकुमारले नेपालसाग सहकार्य गर्न विहार तयार रहेको बताउनु भयो । इच्छा शक्ति हुने हो भने आर्थिक अभावले विकासलाई राक्ने नसक्ने भन्दै उहाँले नेपाल र विहार मिलेर काम गरे दुबै क्षेत्रका जनताले विकासको स्वाद चाख्न पाउनु बताउनु भयो ।
तत्कालिन राजा महेन्द्रपछि पहिलो पटक विहारमा नेपालको सरकार प्रमुखको भ्रमण भएको भन्दै उहाँले खुसी समेत व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment