सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, February 24, 2012

५० घण्टा किस गरेर विश्व किर्तिमान


थाइल्याण्डमा गएको भ्यालेन्टाइन डे को अवसरमा एक समलिंगी पुरुष जोडीले लगातार २ दिनभन्दा बढि समयसम्म चुम्बन गरेर विश्व किर्तिमान कायम गरेको छ । उक्त जोडिले ५० घण्टा भन्दा बढिसम्म लगातार किस गरेर गिनिज बुकमा नाम लेखाएको हो ।
आइतबार बिहान थाइल्याण्डको पटाया सामुदि्रक किनारामा सुरु भएको किसिङ म्याराथनमा उक्त जोडीले एकैठाउँमा बसेर लगातार ५० घण्टा २५ मिनेट १ सेकेण्डसम्म ओँठ जोडेको हो ।
प्रतियोगितामा भाग लिनेहरुले नली मार्फत नै मुखसम्म पूराएर खाना र पानी खानुपथ्र्यो तर खानको लागि दुइजनाले जोडिएका ओँठ छुटाउन पाइन्नथ्यो । उनीहरु ट्वाइलेट जाँदा पनि मुख जोडेको जोड्यै सँगै एउटै ट्वाइलेटमा जानुपथ्र्यो, त्यो पनि रेप|mीसँगै ।
पछिल्लो किर्तिमान राख्ने ३१ वर्षका नोन्तावात जारोगेनासोरनसिन र २८ वर्षका थानाकर्न सिट्टीम्थोंग हुन् । प्रतियोगितामा पहिलो भएर विश्वरेकर्ड समेत कायम गरेबापत उनीहरुलाई जनही १ लाख भाट पर्ने हिराको औँठी तथा २ लाख भाट नगद पुरस्कार प्रदान गरिएको छ ।

स्मरण रहोस् यसअघि सबैभन्दा लामो समयसम्म चुम्बन गर्ने किर्तिमान थाइल्याण्डकै लक्काना र एक्काचाइ तिरानारातको नाममा थियो । उनीहरुले ४६ घण्टा २४ मिनेट ९ सेकेण्ड सम्म लगातार चुम्बन गरेका थिए ।

No comments:

Post a Comment