२८ पुस, काठमाडौं ।
सबैभन्दा लामो पदमार्ग ‘ग्रेट हिमालयन ट्रेल’मा निस्कन लागेको किर्तिमानी आरोही आप्पा शेर्पा सहितको टोलीलाई विदाई गरिएको छ । टोलीलाई राष्ट्रपति डा. रामवरण यादवले बिहीबार राष्ट्रिय झण्डा दिएर शुभकामना सहित विदाई गर्नु भएको छ । पदयात्रा माघ १ गतेबाट सुरु हुनेछ ।
सवैभन्दा धेरै २१ पटकसम्म सगरमाथा आरोहण गरेर आप्र्पासहितको टोलीले पूर्वको ताप्लेजुङ्गदेखि पश्चिम दार्चुलासम्मको १७ सय किलोमिटरको दुरी एक सय २० दिनमा पदयात्रा गर्नेछ । ट्रल अन्तरगत पश्चिमको दार्चुला, हुम्ला हुँदै पूर्वको कञ्चनजंगा पुग्न सकिन्छ । यो पदमार्ग पुरानो र नयाँ जोडेर बनाइएको हो ।
पर्यटक आकषिर्त गर्ने र जलवायु परिवर्तनले पारेको नकारात्मक प्रभाव, सम्बन्धित स्थानका नागरिकको अवस्था र वातावरणीय प्रभावका बारेमा अध्ययन गर्नु पदयात्राको मुख्य उदेश्य भएको टोलीका सदस्य एवं पत्रकार शौरभ ढकालले अनलाइनखबरलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो-’हिमाल, पहाड र तराईका जनतालाई एक आपसमा जोड्नु यो पदयात्राको अर्को उद्देश्य हो ।’

हाईल्याण्ड इक्स्करसन नेपालले अष्ट्रेलियन एडभेन्चर ट्राभल कम्पनी वल्र्ड एक्सपिडिसनसँग मिलेर गर्न लागेको साथ यात्रामा दावा शेर्पा, पत्रकार शौरभ ढकाल र क्यामरा पर्सन समिरजंग थापा सहभागी हुनुहुनेछ । पदयात्रामा करिव डेढ करोड खर्च हुने अनुमान गरिएको छ । ‘विभिन्न दाताहरुबाट ८० लाख सहयोग संकलन भइरहेको छ’ संयोजक सिंहले भन्नुभयो-’२५/३० लाख निजी क्षेत्रबाट उठाउने लक्ष्य छ भने अन्य सहयोग जुटाउने प्रयास भइरहेको छ ।’
No comments:
Post a Comment