सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, January 9, 2012

फेसबुकमा विवादित टिप्पणी गर्दा शिक्षकलाई राजद्रोहको मुद्धा

बंगलादेशको एक अदालतले फेसबुकमा प्रधानमन्त्री शेख हसीनाका बारेमा विवादित टिप्पणी गर्ने एक शिक्षकलाई राजद्रोहको मुद्धा दर्ता गर्न प्रहरीलाई भनेको छ ।
रुहुल खाण्डकरले फेसबुकमा प्रधानमन्त्रीको मृत्यु होस् भन्ने अर्थ दिन टिप्पणी गरेका थिए ।
समाजिक सञ्जालमा टिप्पणी गरेकै आधारमा कुनै पनि व्यक्ति विरुद्ध राजद्रोहको मुद्धा लगाउन लागिएको यो नै पहिलो घटना भएको बंगलादेशका बकिलहरुले बताएका छन् । रुहुल विदा लिएर अध्ययनका लागि हाल अष्ट्रेलिया गएका छन् ।
पछिल्लो साता मात्र उनलाई अदालतको मानहानीमा छ महिनाको जेल सजाय सुनाइएको थियो । बंगलादेश र्फकन अस्वीकार गरेकै कारण उनलाई अदालतको मानहानीमा छ महिनाको जेल सजाय तोकिएको थियो ।

No comments:

Post a Comment