सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, January 19, 2012

प्रचण्ड ‘सुबिधासम्पन्न’ नयाँ घरमा सर्दै

५ माघ, काठमाण्डौ ।
 माओवादी शान्ति प्रकृया आएदेखि नै नयाँ बजारमा वस्दै आएका अध्यक्ष प्रचण्ड अब लाजिम्पाटमा रहेको सानदार घरमा सर्ने भएका छन् । करिव दुई महिनादेखि चलिरहेको रंगरोगन र मर्मत सम्भार सकिएपछि प्रचण्डनिवासमा रहेका सामाग्रीहरु सारिसकिएको छ । ‘सामान सार्ने क्रम जारी छ, आज सामान सारिसकियो भने अध्यक्ष आजै सर्नुहुन्छ’ स्रोतले भन्यो ।
लाजिम्पाटको सांगि्रला होटल नपुग्दै करिव ५ मिटर अगाडीबाट दायाँपट्टी छिरेर करिव १ सय ५० मिटर अगाडी पुगेपछि नयाँ घरमा पुगिन्छ । कम्पाउण्डभित्र साढे दुई तले दुईवटा घर छन् । कम्पाउण्डमा सिलेट ढुंगा ओछ्याइएको छ भने परिसरमा बगैंचा पनि रहेको छ । दुवै घरमा गरि १५ कोठा रहेको र सवै कोठा उज्याला र घाम पर्ने रहेको बताइएको छ । दुईमध्ये एक घरमा प्रचण्डको परिवार वस्ने छ भने अर्को घरमा उनको निजी सचिवालय, त्यहाँ काम गर्ने कर्मचारी बताइएको छ । सुरक्षाकर्मीका लागि छेउको अर्को घरमा ब्यबस्था गरिएको छ ।
फराकिलो कम्पाउण्डमा आठदेखि १० वटासम्म गाडी पार्क गर्न सकिने बताइएको छ । नयाँबजारमा एउटामात्र गाडी अट्ने समस्याले गर्दा बिदेशी पाहुना र भेटन आउने आगन्तुकले सडकमै गाडी पार्किङ गर्नुपर्ने बाध्यता थियो ।
सो घर प्रचण्डकै पैसामा एक ब्यापारिका नाममा किनिएको हल्ला चलेपनि त्यो असत्य भएको भएको निजी सचिवालय बताउँछ । एक ब्यापारीको सहयोगमा सो घर भाडामा लिइएको र भाडा तिरेरै वस्न लागिएको नयाँ बजार स्रोतको दावी छ ।

No comments:

Post a Comment