सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, January 26, 2012

सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउनुपर्छः विजुक्छे

१२ माघ, भक्तपुर ।
 नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु पर्ने बताउनुभएको छ ।
भक्तपुरमा बिहीबार भएको अन्तरक्रिया कार्यक्रममा विजुक्छेले वर्तमान सरकारले देश र जनताको अहितमा काम गरेकाले विपक्षी दलहरु मिलेर अविश्वास प्रस्ताव ल्याउनु पर्ने बताउनुभयो । प्रधानमन्त्री आफैंले जनचाहना बुझेर राजीनामा दिए राम्रो हुने भन्दै विजुक्छेले त्यसो हुन नसके संसदमा अविश्वासको प्रस्ताव ल्याएर सरकार गिराउनु पर्नेमा जोड दिनुभयो । अविश्वासको प्रस्ताव ल्याउनका लागि कांग्रेस र एमालेले हिम्मत गर्नुपर्ने विजुक्छेको भनाइ थियो ।
शान्ति, संविधान, महंगी नियन्त्रण तथा जनताको जिउधनको सुरक्षा गर्न नसकेकाले सरकारको औचित्य समाप्त भएको विजुक्छेले आरोप लगाउनुभयो । जनयुद्धका बेला माओवादी जनसत्ताले गरेको घरजग्गासम्बन्धी लिखतलाई मन्त्रिपरिषदबाट वैधता दिएर प्रधामन्त्री भट्टराईले केटाकेटी पन प्रस्तुत गरेको आरोप लगाउनुभयो ।

उक्त विषयलाई विधेयकका रुपमा पेस गरेर संसदबाट पास गराउन विजुक्छेको चुनौती थियो । स्थानीय निकायमा लामो समय जनप्रतिनिधिविहीन हुँदा सर्वसाधारणलाई मर्का परेको भन्दै उहाँले तत्काल स्थानीय निकायको निर्वाचन गराउन माग गर्नुभयो ।
अर्को एक बेग्लै प्रसंगमा मुलुकको शान्ति र स्थायित्वका लागि कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । विगतमाझैं अहिले पनि विदेशीहरुको हितमा संविधान जारी गर्न दबाब आइरहेको विजुक्छेले खुलासा गर्नुभयो ।

No comments:

Post a Comment