सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, January 26, 2012

पेट्रोलियम पदार्थको मूल्यमा केही कटौती

१२ माघ, काठमाडौँ । 
चौतर्फी दबाब बढेपछि सरकारले पेट्रोलियम पदार्थको मूल्यमा केही कटौती गरेको छ ।
बिहीबारदेखि लागू हुने गरी खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिण्डर ८५, डिजेल र मट्टतिेल प्रतिलिटरमा ४/४ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घटाइएको आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले नयाँ मूल्य लागू गर्न आयल निगमलाई निर्देशन दिइएको बताउनु भयो ।
सरकारको यो निर्णयसँगै अब खाना पकाउने ग्याँसको मुल्य प्रति सिलिण्डर १५ सयबाट घटेर १ हजार ४ सय १५, पेट्रोलको मूल्य प्रतिलिटर १ सय १५ रुपैयाँबाट १ सय १२ तथा डिजेल र मट्टतिेलको मूल्य प्रतिलिटर ८५ बाट घटेर ८१ कायम भएको छ ।
आयल निगमले एक साताअघि खाना पकाउने एलपी ग्याँसमा प्रति शिलिण्डर १ सय ७५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर १० तथा मट्टतिेल र डिजेलमा प्रतिलिटर ९/९ रुपैयाँका मूल्यवृद्धि वृद्धि गरेको थियो । मूल्यबृद्धिको निर्णय खारेजको माग गर्दै सत्तारुढसहितका दलका विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका छन् ।
मन्त्री भट्टले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चाप न्यून आय भएका विपन्न वर्ग र विद्यार्थीलाई पर्न नदिन राहत सुविधा उपलब्ध गराउन कार्यविधि तर्जुमा गरी एक महिनाभित्र लागु गरिने बताउनुभयो । यस्तै एलपी ग्यासमा घरायसी उपभोक्ता र व्यापारिक प्रयोजनका लागि छुट्टाछुट्टै तौल र रङका सिलिन्डर प्रयोगमा ल्याउने तथा छुट्टाछुट्टै मूल्य आगामी दुई महिनाभित्र कायम गरिने बताउनु भयो ।

यस्तै आयल निगमको खर्च कटौतीलगायत आन्तरिक सुधार, मितव्ययिताका कार्यक्रम प्रभावकारीरुपमा अगाडि बढाइने मन्त्री भट्टले जानकारी दिनुभयो । उहाँले आन्दोलनरत विद्यार्थी सङ्गठन र युवा सङ्गठनसँग वार्ता गरी आगामी दिनमा पेट्रोलियम पदार्थ आपूर्तिसम्बन्धी नीति तय गर्न मन्त्रालयले एक उच्चस्तरीय वार्ता समिति तत्काल गठन गर्ने जानकारी दिनुभयो ।

No comments:

Post a Comment