सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, January 29, 2012

जनसत्ता गरेका निर्णय फिर्ता नलिन सरकारसंग माग

१५ माघ, काठमाण्डौ ।
 जनसत्ताले गरेका निर्णयलाई बैधानिकता दिने सरकारको निर्णय फिर्ता लिन प्रतिपक्षी दलहरुले माग गरिरहेका वेला एकिककृत माओवादी निकट १६ जनविर्गय संगठनले शसस्त्र द्धन्दका वेला माओवादी जनसत्ताले गरेका निर्णय दृढता पूर्वक कार्यान्वन गर्न सरकारसंग माग गरेका छन् ।
आइतवार राजधानीमा १६ जनवर्गिय संगठनले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् । १६ जनवर्गिय संगठनले जनसत्ताले गरेका निर्णयलाई मान्यता दिने सहमति गत २०६३ असार २ गते माओवादी र ७ राजनितिक दलहरुवीच भएकाले निर्णय फिर्ता नलिन माग गरेका हुन् । त्यतिवेला नै माओवादी जनसत्ताले गरेका निर्णयलाई मान्यता दिने सहमति भएकाले निर्णको विरोध गर्नुमा कुनै तुक नभएको उनीहरुको आरोप छ ।
उनीहरुले प्रतिपक्षीदलहरुले जनसत्ताको निर्णयलाई बैधानिकता दिने सरकारको निर्णयको विरोध गर्नु राजनितिक वेइमानी वाहेक अरु केही नभएको वताएका छन् । उनीहरुले जनसत्ताले गरेका निर्णयलाई वैधानिकता दिन माग गर्दै आन्दोलनको घोषणा गरेका छन् ।  घोषित कार्यक्रम अनुसार भोली सोमवार उनीहरुले  प्रमुख राजनितिक दलका नेताहरुलाई जनसत्ताको निर्णयका वारेमा जानकारी गराउने भएका छन् । त्यस्तै माघ १७ गते एकैसाथ ७५ जिल्लावाट जिल्ला प्रशासण कार्यालयवाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाउने, १८ गते देशभर कोष सभा गर्ने, १९ गते मुलुकभर जनप्रदर्शन गर्ने लगायतका रहेका छन् ।

१६ जनवर्गिय संगठनद्धारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा क्रान्तिकारी महिला संघकी अध्यक्ष जयपुरी घर्ति, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष महेश्वर दाहाल, अखिल नेपाल शिक्षण संघका अध्यक्ष गुणराज लोहनी, अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा लगायतका जनवर्गिय संगठनका नेताहरुले हस्ताक्षर गरेका छन् ।

No comments:

Post a Comment