सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, January 19, 2012

जनयुद्धमा भएका निर्णयलाई वैधता नदेउः देउवा

५ माघ, धनगढी । 
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सशस्त्र द्वन्द्वका बेला माओवादी जनसत्ताले गरेका निर्णयलाई सदर गर्ने सरकारको निर्णय फिर्ता गर्न माग गर्नुभएको छ ।
धनगढीमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता देउवाले माओवादी नेतृत्वको सरकारले विस्तृत शान्ति सम्झौता तथा अन्तरिम संविधानको उल्लंघन गरेर जनसत्ताको निर्णयलाई वैधता दिएको आरोप लगाउनुभयो । जनसत्ताले गरेको घरजग्गा पाससम्बन्धी निर्णयलाई वैधता दिने सरकारको निर्णयले शान्ति र संविधान लेखनकार्य ओझेलमा परेको देउवाको भनाइ छ ।
माओवादी सातबुँदे सहमति पालना गर्न आग्रह गर्दै देउवाले जनयुद्धका बेला हतियार देखाएर जवर्जस्ती वैध बनाउनु खोज्नुले माओवादी शान्तिप्रक्रियाप्रति प्रतिबद्ध छैन भन्ने स्पष्ट भएको देउवाले दाबी गर्नुभयो । माओवादी व्यवहारका कारण आगामी जेठ १४ मा पनि नयाँ संविधान जारी हुने सम्भावना कम हुँदै गएको भन्दै देउवाले सो समयमा संविधान जारी हुने/नहुने विषय माओवादी व्यवहारमा निर्भर रहने बताउनुभयो ।

अर्को एक बेग्लै प्रसंगमा उहाँले सभापति सुशील कोइरालाले पार्टीको मूल्य, मान्यता र विधानविपरीत तानाशाही शैलीले पार्टी सञ्चालन गरिरहेको आरोप लगाउनुभयो ।

No comments:

Post a Comment