सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, December 8, 2011

एसीसी ट्वान्टी-ट्वान्टी कप क्रिकेट- नेपाल सेमिफाइनलमा

काठमाडौ, मंसिर २२ -
 नेपाल एसीसी ट्वान्टी-ट्वान्टी कप क्रिकेटको सेमिफाइनलमा विहीबार प्रवेश गरेको छ । जितसँगै नेपालले सन् २०१२ को मार्चमा हुने ट्वान्टी-ट्वान्टी विश्वकप २०१२ को छनोटमा सहभागिता जनाउन पाउने छ । 
भाग्य र साउदी अरेवियाको उत्कृष्ठ प्रदर्शन नेपालको अन्तिम चारको यात्रामा महत्वपुर्ण बने । किर्तिपुर मैदानमा भएको खेलमा साउदी अरेवियाले युनाइटेड अरव इमिरेट्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि नेपालको अन्तिम चारको यात्रा संभव भएको हो । कठिन मानिएको समूह'बी'मा  हङकङ र नेपालले चार खेलमा तीन जित हात पारे पनि हङ्कङ नेटरन रेटको आधारमा शीर्ष स्थानमा रहेको छ । नेपाल दोस्रो स्थानमा छ । 
विहीबार युएईले साउदी अरवलाई ५३ रनले पराजित गरेर हङकङ र नेपालसँग समान ६ अंक जोडेपनि नेटरन रेटको आधारमा तेस्रो स्थानमा रह्यो । यदि युएईले साउदीअरवलाई ९७ रन भन्दा कममा समेटेको भए नेपाल नेटरनरेटको आधारमा तेस्रो हुदै प्रतियोगिताबाट बाहिरिने थियो । 

तर, युएईले दिएको १७९ रनको लक्ष्य पुरा गर्न लागेको साउदी अरेवियाले उत्कृष्ठ प्रदर्शन गर्दै १९ ओभर २ बलमा अलआउट हुदै १सय १५ रन बनायो । नेटरन रेटमा अघि रहन युएईले साउदीविरुद्ध ६५ देखि ७५ रनको अन्तरले जित हात पार्नु पर्ने थियो । 
साउदीकालागि हमाद साहिदले महत्वपुर्ण ६३ रनको योगदान दिए । अव हङकङ र नेपाल अन्तिमचारमा पुगे । युएई, कुवेत र साउदीअरेविया प्रतियोगिताबाट बाहिरिएका छन् । अर्को खेलमा ओमानले माल्दिभ्समाथि ५४ रनको जितहात पार्दै अन्तिम चारको स्थान पक्का पारेको छ । 
जितसँगै नेपालले सन् २०१२ को मार्चमा हुने ट्वान्टी-ट्वान्टी विश्वकप २०१२ को छनोटमा सहभागिता जनाउन पाउने छ । एसीयाली क्षेत्रका एसोसिएटस राष्ट्रमध्य अफगानिस्तान बाहेक अन्य तिन राष्ट्रले छनोट खेल्न पाउने छन् ।अफगानिस्तानले वान-डे मान्यता पाएको कारण स्वत छनोट खेल्न पाउने छ । अव फाइनल प्रवेशका लागि नेपालले समूह 'ए' विजेता अफगानिस्तानको सामना गर्ने छ । साप  च्याम्पियनसिप फुटबलमा पनि फाइनल प्रवेशकालागि नेपालले अफगानिस्ताननै प्रतिद्धन्दी पाएको छ । 
समूह ए मा अफगानिस्तान पहिलो र ओमान दोस्रो स्थानमा रहे भने मलेसया,माल्दिभ्स र भुटान प्रतियोगिताबाट बाहिरिए । 

No comments:

Post a Comment