सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, December 8, 2011

स्ववियु निर्वाचन घोषणा नगर्ने १३ विद्यार्थी संगठनले आन्दोलन गर्ने

२२ मंसिर, काठमाडौं ।
 विभिन्न दल आवद्ध १३ विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तत्काल घोषणा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
विद्यार्थी संगठनहरुको बिहीबार बसेको बैठकले विनियम परिर्वतन गरी निर्वाचन प्रणालीबारे सहमति गर्न तयार रहेको भन्दै स्वनियु निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गरेको छ । ‘निर्वाचन प्रणालीबारे भएको विवादलाई आधार बनाएर स्ववियु निर्वाचनलाई टार्दै गइएको छ’ अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेलले अनलाइनखबरसँग भन्नुभयो-’निर्वाचन प्रणालीबारे सहमति गर्न तयार छौं । त्यसैले तत्काल निर्वाचनको मिति घोषणा माग गरेका छौं ।’
विद्यार्थी संगठनहरुले चैत्र १० गतेभित्र निर्वाचन गर्ने गरी मिति घोषणा गर्नु पर्ने बताएका छन् । निर्वाचन प्रणालीबारे विद्यार्थी संगठनहरुबीच सहमति हुन नसकेपछि प्रतेक २-२ वर्षमा फागुन १४ मा हुने स्ववियु निर्वाचन गत वर्ष हुन सकेको थिएन ।
१३ विद्यार्थी संगठनको बैठकले केन्द्र र कलेजहरुमा क्याम्पस विद्यार्थी कल्याणकारी समिति राख्ने निर्णय खारेज गर्न माग गरेको छ । यो निर्णयले स्ववियुको अधिकार कटौती गर्ने भन्दै विद्यार्थी संगठनहरुले निर्णय खारेज गर्न माग गरेका हुन् ।
बैठकले स्ववियु निर्वाचन घोषणा गर्न र क्याम्पस विद्यार्थी कल्याणकारी समिति राख्ने निर्णय खारेज गर्न माग गर्दै त्रित्रि उपकुलपतीलाई भोलि ज्ञापनपत्र बुझाउने निर्णय गरेका छन् ।

No comments:

Post a Comment