सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, December 10, 2011

यस्तो देखियो यस वर्षको चन्द्रग्रहण

२४ मंसिर, काठमाडौं । शनिबार यस वर्षको अन्तिम खग्रास चन्द्र ग्रहण लागेको छ । नेपाली समय अनुसार साँझ ६ बजेर ३० मिनेटमा अरवियन महासागरबाट सुरु भएको चन्द्रग्रहण नेपालभरबाट प्रष्टै देखिएको थियो । विश्वका अधिकांश भागबाट पनि चन्द्रग्रहण देखिएको छ । चन्द्रग्रहण प्रशान्त महासागरको मध्यभाग हुँदै १०:३० मा अमेरिकाको मेक्सिकोमा अन्त्य हुनेछ । अर्को चन्द्रग्रहण २०६९ साल जेठ २२ गते लाग्नेछ ।
चन्द्र ग्रहणमा चन्द्रमा र सूर्यको बीचमा पृथ्वीमा आउँछ । यस्तो अवस्थामा पृथ्वीको छाँया चन्द्रमा पर्छ । यसले चन्द्रमा छाँया परेको भाग अध्यारो देखिन्छ । यही अवस्थालाई चन्द्र ग्रहण भनिन्छ । जुन पूणिर्माका दिन मात्र हुने भएकाले चन्द्र ग्रहण पूणिर्माको दिनमा लाग्छ ।

पृथ्वीको छाँयाले चन्द्रमा सम्पूर्ण भाग छापेको समयमा पूर्ण चन्द्रग्रहण भनिन्छ भने चन्द्रमा कोहि भागमा मात्र पृथ्वीको छाँया पर्दा छाँया परेको चन्द्रमाको भाग काटिएको जस्तो देखिन्छ र त्यसलाई आंशिक चन्द्र ग्रहण भनिन्छ ।

No comments:

Post a Comment