कुनैपनि कुकुर मर्दा सामान्यतया समाचारको विषय बन्दैन । तर जापानमा यस्तो कुकुरको निधन भएको छ जुन समाचारको शिर्षक बनेको छ । संसारकै सबैभन्दा बुढो कुकुरको रुपमा गिनिज बुकमा नाम लेखाएको कुकुरको निधन भएपछि समाचार नबन्ने कुरै भएन । जापानको टोकियोमा रहेको झण्डै २७ वर्ष उमेरको संसारकै सबैभन्दा बढि उमेरको उक्त कुकुर हालै मरेको छ ।
सामान्यतया कुकुरको आयु ९-१० वर्ष हुन्छ । तर क्रस बि्रडको पुसुके नामको यो कुकुर २६ वर्ष ९ महिना सम्म बाँच्यो । पुसुकेका मालिक युमिको शिनोहाराले सोमबार सम्म कुकुरको स्वास्थ्य राम्रो रहेको र मंगलबार बिहानबाट उसले खान खान छाडेको बताए । त्यसपछि पुसुकेलाई स्वास फेर्न पनि गाह्रो भएर दिउसो ऊ मरेको थियो ।
यो कुकुरले संसारको सबैभन्दा बुढो कुकुरको रुपमा गिनिज बुकमा नाम लेखाउनु अघि अमेरिकाको २५ वर्षको कुकुर संसारको सबैभन्दा बुढो कुकुरको रुपमा थियो । उसको २००३ मा मृत्यु भएको थियो ।
No comments:
Post a Comment