सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, December 6, 2011

८५ वर्षकी हजुरआमा एअरपोर्टमा नांगेझार

विमानस्थलमा अधिकारीहरुले चेकजाँच गर्नु सामान्य कुरा हो । तर चेकजाँचको हद कहाँसम्म हुँदोरहेछ भन्ने कुरा अमेरिकामा एक वृद्धामाथि भएको हरकतले देखाएको छ । अमेरिकाको न्युयोर्क विमानस्थलमा चेकजाँच गर्ने अधिकारीले एक ८५ वर्षीया वृद्धा लेनोर जिम्मेरमनलाई उनका सबै कपडा खोल्न लगाएर खानतलासी गरेका छन् । यस्तो हरकतका कारण वृद्धाले निकै अपमानित महसुस नगर्ने कुरै भएन ।
लेनोरले आफुलाई सुरक्षा अधिकारीहरुले एउटा कोठामा लगेर भित्री वस्त्रहरुसमेत खोल्न लगाएर चेकजाँच गरेको बताइन् । घटनापछि आफुले निकै अपमानित महसुस गरिरहेको उनको भनाइ छ । यातायात सुरक्षा प्रशासनले भने यो मामिलामा ती वृद्धालाई कुनै दुव्र्यवहार नगरिएको र कपडा खोलेर चेकजाँच मात्र गरिएको बताएको छ । वृद्धाले स्वास्थ्यका कारण स्क्यानरको प्रयोग गर्न नमानेपछि उनका कपडा खोल्नुपरेको अधिकारीहरुको भनाइ छ ।

No comments:

Post a Comment