सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, December 2, 2011

भ्यागुताले कसरी गर्छ भुइँचालोको पूर्वानुमान ?

केही जनावरहरुले भुइँचालोको पूर्वानुमान गर्न सक्छन् । दूलाबाट बाहिर निस्किएर मुसा यत्रतत्र भाग्नु, कुकुर जोडसँग भुक्नु, चराहरु एक्कासी उड्नु तथा भ्यागुता र माछा पोखरी वा नदीबाट बाहिरतिर भाग्नु भुइाचालो आउनसक्ने संकेत हुन् भनिन्छ ।
यी जीवहरुले भुइँचालो आउन लागेको कसरी थाहा पाउँछन् होला ? यसको पूरा उत्तर वैज्ञानिकहरुले पनि अहिलेसम्म दिन सकेका छैनन् । तर पानीमा बस्ने जिवहरुले भुइँचालोको पूर्वानुमान गर्न सक्नुको कारण भने हालै पत्ता लागेको छ ।
इटालीका वैज्ञानिकहरुले भुकम्पीय कम्पनले पानीको रासायनिक गुणमा गराउने परिवर्तनका कारण जलचर जलचर जिवले भुइँचालोको पूर्वानुमान गर्न सकेका हुन् । भुकम्पको धक्का मान्छेले महसुस नगर्दै जमिनमुनि हुने कम्पनले भूमिगत पानीमा विभिन्न खनिज तत्व मिसिन जान्छ ।
यसरी खनिज तथा अन्य रसायन मिसिएको पानी मूल हुँदै बाहिर आएपछि उक्त पानी मिसिएका ठाउँमा बस्ने भ्यागुता तथा माछा लगायतका जीवले पानीको रासायनिक परिवर्तन महसुस गर्दछन् । पानीको रासायनिक गुण एक्कासी परिवर्तन हुँदा भ्यागुता तथा माछा लगायतका जलचर आत्तिँदै पानी बाहिर हाम फाल्दछन् ।
यसरी भ्यागुता तथा माछा एकाएक पानी बाहिर हाम फाले भने हामीले बुझ्नुपर्छ अब केही समयपछि नै भुइँचालो वा अरु कुनै भौगर्भिक घटना हुन गैरहेको छ ।
जलचरहरुले कसरी भुइँचालो आउन थालेको पत्ता लगाउाछन् भन्ने विषय पत्ता लगाउन इटालीका वैज्ञानिकहरुले पोखरीको पानीको रासायनिक गुणमा परिवर्तन पछि भ्यागुताले देखाउने प्रतिक्रियाको अध्ययन गरेका थिए । पछिल्लो तथ्यबाट अहिलेसम्म पूर्वानुमान सम्भव नभएको भुइँचालोको भविष्यवाणी गर्न जनावरको व्यवहारको प्रयोग कामयावी हुने देखिएको वैज्ञानिकहरुले बताएका छन् ।

No comments:

Post a Comment