सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, November 19, 2011

सगरमाथाबाट दौडेर दुई दिन २३ घण्टामा काठमाडौं

२ मंसिर, काठमाडौं । विश्वकिर्तिमानधारी वेलायती धाविका लिजे हकरले सगरमाथा आधार सिविरबाट दौडिएर दुई दिन २३ घण्टा २५ मिनेटमा काठमाडौं आइपुगेकी छिन् ।
गत बुधबार सगरमाथा आधार सिविरबाट दौड सुरु गरेकी अल्ट्रा म्याराथनका विश्व च्याम्यिन लिजे शुक्रबार बिहान काठमाडौं दशरथ रंगशालामा आइपुगेकी हुन् । यससँगै उनले यसअघि २००७ मा आफैले बनाएको तीन दिन २ घण्टा ३९ मिनेटको रेकर्ड समेत तोडेकी छिन् ।
५ हजार ३ सय ६४ मिटर उचाईमा रहेको सगरमाथा आधार शिविरबाट दौडन शुरु गरेकी लिजेले जिरी, मैनापोखरी तामाकोशी, किरेछाप, सेराबेशी, मुडे, लामोसाँघु, बलेफी, दोलालघाट, जिरो किलो, पाँचखाल, धुलिखेल, बनेपा, भक्तपुर, कोटेश्वर, बानेश्वर थापाथली हँदै दशरथ रंगशालामा पुगेकी हुन् ।
नेपालमा टे्रल रनिङको विकास गर्ने उद्देश्यले मंगलवार विहान साढे आठ बजे दौड शुरु गरेकी लिजेले दिनरात दौडेर केही समय मात्रै आराम गरेकी थिइन् । लिजेलाई काठमाडौंबाट गएको राज प्रधान, नारायण आचार्य, उपेन्द्र सुनुवार र समिट होटेलका म्यानेजर रोजर हेन्ङकेले पालै पालो स्कर्टिङ गरेका थिए ।
नयाँ कीर्तिमान बनाएकी लिजिले खेल पर्यटनका माध्यमबाट नेपाललाई ट्रेल रेस प्रवर्द्धनमा सघाउने बताइन । ट्रेल रेसका लागि नेपाल महत्वपूर्ण र सुरक्षित गन्तव्य भएको बताईन् ।

No comments:

Post a Comment