विश्वको सबैभन्दा धनी देश अमेरिका जहाँ हरेक स्वास्थ्य सुविधा छन् र जनताहरु पनि शिक्षित छन् । तर रोगले धनी गरीब कहाँ भन्छ र ? त्यहीँ अमेरिकामा भिरिंगी लागेकाहरुको संख्या दिनदिनै बढिरहेको छ ।
सरकारी तथ्यांक अनुसार पछिल्लो ४ वर्षमा अमेरिकामा भिरिंगी रोगीहरुको संख्या ३६ प्रतिशतले बढेको छ । यो अवधिमा अफ्रिकी मूलका अमेरिकी युवाहरुमा भिरिंगी संक्रमण १ सय ३५ प्रतिशतले बढेको तथ्यांक छ ।
यौनरोगको आफ्नै सामाजिक तथा जैविक दायराका कारण मानिसहरु यस्ता रोगप्रति बढि नै गोप्य रहने गरेकाले यौनरोग नदेखिने महामारीको रुपमा फैलिरहेको बताइन्छ । अझ त्यसमा पनि भिरिंगीले गालेका मान्छेहरुको संख्या निकै बढेको छ । समलिंगी पुरुषहरुमा भिरिंगीको प्रकोप बढि रहेको तथ्यांकले देखाएको छ ।
पछिल्लो ४ वर्ष गोनोरियाका वा सुजाक रोगीको संख्या भने १६ प्रतिशतले घटेको छ । अमेरिकामा सन् २०१० मा ३ लाख गोनोरियाका रोगीको पहिचान भएको थियो ।
अमेरिकामा हरेक वर्ष ९ करोड मानिस विभिन्न खालका यौनरोगबाट संक्रमित हुने गरेका छन् जसका उपचारमा १७ अर्व डलर खर्च हुने गरेको छ ।
No comments:
Post a Comment