सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, November 17, 2011

आफ्नै अपहरणको नाटक गर्दै १० लाख माग

काठमाडौँ, कात्तिक २९
 (नागरिक) - आफ्नै अपहरण भएको नाटक गर्ने कालिकोटका वीरेन्द्र कुमार शाहीलाई प्रहरीले पक्रेको छ। काठमाडौं सामाखुसीस्थित रेडन कलेजमा अध्यनरत १९ वर्षीय शाहीले आफ्नै श्रीमतीलाई फोन गरी फिरौती माग्न लगाएको प्रहरीको दावी छ। 
शाहीले कात्तिक २८ गते ८ बजे कलेजमा पढ्न गएका थिए। उनकै मोबाइल नम्बर ९८४८३२९६८८ बाट श्रीमतीलाई कालिकोटस्थित घरमा अपरिचित व्यक्तिले फोन गरी ताहाचाल र स्वयंभुको बिचमा १० लाख लिई आउनु भन्न लगाएका थिए। उनका भिनाजु भरत मल्लले ९८४९६३२१४७ बाट २:२५ बजे उपत्यका प्रहरी कन्ट्रोलमा जानकारी गराएका थिए। प्रहरी परिचालन भई उनलाई पक्राउ गरि सोधपुछ गर्दा रकम अभावको कारण आफै अपहरणको नाटक गरेको भन्ने कुरा अनुसन्धानको क्रममा खुल्न आएको हो। 

No comments:

Post a Comment