सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, November 23, 2011

राजधानीमै बालकको अपहरणपछि हत्या

७ मंसिर, काठमाडौं । काठमाडौंको सितापाइलामा एक बालकको अपहरणपछि हत्या भएको छ । सितापाइलास्थित हारती शिक्षा सदनमा कक्षा तीनमा अध्ययनरत ११ वषर्ीय सुगम साहको अपहरणपछि हत्या भएको हो ।
शुक्रबार अपहरणमा परेका साहको शव बुधबार भेटिएको हो । हत्यापछि सुटकेशमा राखिएको उनको शव ‘सुपर सीता’ यातायातको काउन्टर सुटशेसमा राखिएको अवस्थामा भेटिएको डिएसपी सेमेन्द्र राठोरले जानकारी दिनुभयो ।
प्रारम्भीक जानकारी अनुसार अपहरणकारीले आइतबार नै साहको हत्या गरि शवलाई सुटकेशमा राखेर बसमा छाडेको र सुटकेशको जिम्मेबारी कसैले नलिएपछि बसका चालक र सहभाचलकले काउन्टरमा ल्याएर राखेको खुल्न आएको छ ।
घटनामा संलग्न रहेको आशंकामा ७ जनालाई पक्राउ गरिएको छ भने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । जनकपुर घर भएका साहको परिवार हाल गल्कुपाखामा बस्दै आएका छन् ।

No comments:

Post a Comment