२१ असार, काठमाडौं ।
पूर्व महिला सभासदहरुले संविधानसभा पुनःस्थापनामा जोड दिएका छन् । आदिवासी जनजाति र कांग्रेसका पूर्व सभासदहरुले संविधानसभा पुनःस्थापनाका लागि लबिङ गरिरहेका बेला पूर्व महिला सभासदहरुले पनि पुनःस्थापनामा नै जोड दिएका हुन् ।
विद्यमान राजनीतिक संकट समाधानबारे साझा धारणा बनाउन बिहीबार भएको एकीकृत नेकपा माओवादी, कांग्रेस, एमाले, नेकपा-माओवादी लगायतका अधिकांश दलका पूर्व महिला सभासदहरुले संविधानसभा पुनःस्थापना गरि नयाँ संविधान जारी गर्नु पर्नेमा जोड दिएका हुन् । ‘संविधानसभा पुनःस्थापना गरी अहिलेसम्म भएका उपलब्धीहरुलाई संस्थागत गर्नुपर्छ भन्नेमा सबैको जोड रहृयो’-पूर्व सभासद कल्पना रानाले जानकारी दिनुभयो ।
बाँकी विवादित विषयमा सहमतिगरि छोटो समयका लागि छोटो समयका लागि संविधानसभा पुनःस्थापना गरी नयाँ संविधान जारी गर्नु पर्ने पूर्व महिला सभासदहरुको जोड छ ।
पूर्व महिला सभासदहरुले संविधानसभा पुनःस्थापनाको विकल्पमा सहमति खोज्न आफ्नो पार्टीमा र प्रमुख दलका शीर्ष नेताहरुसँग समेत छलफल समेत गर्ने बताएका छन् ।
No comments:
Post a Comment