आमा भन्ने शव्द कति शक्तिशाली । यो शव्दले मानिसलाई मृत्युशैयाबाट समेत जुरुक्कै उठाउँदो रहेछ ।
यस्तै भएको छ बेलायतमा । बेलायतकी एक ६ वर्षीया बालिका आमाको गाथा
समेटिएको एक गित सुनेर अस्पतालको कोमाबाट जुरुक्कै उठेकी छिन् । मस्तिष्कको
रक्तश्राव भएर अस्पतालको कोमामा पुगेकी चारलोट नेव आमासम्बन्धी गायिका
एडिलको गित आफ्नै आमाको मुखबाट सुन्दा कोमाबाट ब्यूँझिएकी हुन् ।
झण्डै एक सातासम्म अस्पतालको कोमामा रहेकी नेवको बाँच्ने सम्भावना निकै
कम रहेको चिकित्सकहरुले बताएका थिए । तर आमा लिलामा छोरी बाँच्ने आशा
जिवितै थियो । एकदिन जब लिला छोरीलाई भेट्न अस्पतालमा पुगिन् त्यहाँ गायिका
एडेललको गित रोलिंग इन द डिप गुञ्जिरहेको थियो । सो गीत घरमा छँदा लिलाका
आमाछोरीले सँगै गाउने गर्थे । त्यसैले छोरीको यादमा लिलाले बेहोस छोरी
नजिकै पुगेर सोही गित गुन्गुनाउन थालिन् । आमाले आफुलाई मन पर्ने गित गाएको
सुनेर कोमामा रहेकी नेव मुस्कुराउन थालिन् । कोमामा रहेकी नेव मुस्कुराएको
देखेर सबै आश्चर्यमा परे । अझ आश्चर्य त त्यसबेला भयो जब नेव केही बेरमा
चल्मलाउन तथा अलिअलि बोल्न समेत सक्ने भइन् । उनको आँखाको दृष्टि समेत केही
मात्रामा फर्कियो ।
डाक्टरले समेत मर्छे भनिसकेकी छोरी आफ्नो गित सुनेर ब्युँझिँदा लिलामा
खुसीको सिमा रहेन । आजकल नेव स्कुल जान सक्ने भएकी छिन् भने उनले नृत्य
समेत सिकिरहेकी छिन् ।
No comments:
Post a Comment