सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, February 23, 2012

सरकार ढाल्न मधेसी मोर्चालाई फकाउँदै एमाले

११ फागुन, काठमाडौं ।
 नेकपा एमालेले वर्तमान सरकार ढाल्न प्रमुख सत्ता घटक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई फकाउन थालेको छ । मधेसी मोर्चाको समर्थन रहेसम्म वर्तमान सरकार नढल्ने र प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा पनि नदिने भएपछि एमालेले मधेसी मोर्चाको सहयोग लिने प्रयास थालेको हो ।
एमाले नेता केपी शर्मा ओलीले बिहीबार मोर्चाका नेता एवं फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल गर्नु भएको छ । ‘यो सरकारको औचित्य समाप्त भइसकेकोले सहमतीय सरकार गठनबारे छलफल भएको हो’ ओली निकटका एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले अनलाइनखबरसँग भन्नुभयो-’राष्ट्रिय सहमतिको सरकार गठन गर्न गच्छदार पनि सहमत हुनु भएको छ ।’
वर्तमान सरकार ढाल्न एमालेले मधेसी मोर्चालाई फकाएको हो भन्ने प्रश्नमा उहाँले यो सरकारलाई अब कसैले जोगाउन नसक्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो-’यो सरकारले फागुनको दोस्रोदेखि तेस्रो साता कट्दैन । अब राष्ट्रिय सरकार बन्छ ।’

तर, मधेसी मोर्चाका नेताहरु भने एमालेले भनेजस्तो आफूहरु सरकारको औचित्य समाप्त भयो भन्ने निष्कर्षमा मधेसी मोर्चा पुगिनसकेको बताउँछन् । फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले अनलाइनखबरसँग भन्नुभयो-’एमालेले त पहिलेदेखि नै सरकारको औचित्य समाप्त भयो भन्दै आएको छ । तर, हामी त्यो निष्कर्षमा पुगेका छैन ।’
सेनामा मधेसी युवाको भर्ना, नागरिकता लगायतका सरकार गठनका समयमा भएको चारबुँदे सहमति कार्यान्वयन हुन नसकेको भन्दै मोर्चामा सरकारबाट हट्नु पर्ने आवाज भने उठ्दै आएको छ । वर्तमान सरकार गठनमा महत्वपूर्ण भूमिका खेलेका जेपी गुप्ता भ्रष्टाचारको मुद्धामा जेल परेपछि मधेसी मोर्चामा सरकारबाट हट्नु पर्ने आवाज भने बलियो हुने निश्चित छ ।

No comments:

Post a Comment