सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, February 22, 2012

फोरम गणतान्त्रिकले गुप्तालाई निलम्बन गर्ने

१० फागुन, काठमाडौँ । मधेसी जनअधिकार फोरम गणतान्त्रिकले सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहरसहित जेल चलान गरेका पार्टी अध्यक्ष पार्टी अध्यक्ष जयप्रकाश प्रसाद गुप्तालाई निलम्बन गर्ने भएको छ ।
jp-gupta.jpg (169×169)सहअध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा बुधबार बिहान शंखमूलस्थित पार्टी केन्द्रीय कार्यलयमा बसेको पदाधिकारीको आकस्मिक बैठकले गुप्तालाई निलम्बनको औपचारिक निर्णयका लागि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो । केन्द्रीय समितिले गुप्तालाई निलम्वन गरेपछि सह-अध्यक्ष यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने बुझिएको छ । ‘सर्वोच्चले भ्रष्टाचार ठहर गरी जेल चलान गरिसकेकाले उहाँलाई अध्यक्ष पदमा राखिरहनुको औचित्य रहेन ।
सम्भावतः भोलि उहाँलाई पार्टीको सबै जिम्मेबारीबाट निलम्बनको निर्णय हुनेछ’, सहमहासचिव एकवाल अहमदले अनलाइनखबरसँग भन्नुभयो । फोरम गणतान्त्रिकले आफ्ना बैठकका लागि फोरम गणतान्त्रिकले आफ्ना सबै केन्द्रीय सदस्यहरुलाई राजधानी बोलाएको छ । आज साँझसम्ममा बाहिर रहेका केन्द्रीय सदस्यहरु राजधानी आइपुग्ने र बिहीबार केन्द्रीय समितिको बैठक बस्ने तयारी भइरहेको सो पार्टीले जनाएको छ । गुप्ता जेल चलान भएलगत्तै पदाधिकारीहरुको अनौपचारिक छलफले आज पार्टी बैठक डाकेको थियो । बैठकले अध्यक्ष गुप्तामाथि लागेको भ्रष्टाचारको अभियोगका सम्बन्धमा पार्टीको आधिकारीक धारणाका साथै उनको अनुपश्थितिमा पार्टीको भावी रणनीति तय गर्ने विषयमा निर्णय लिने बताइएको छ । ‘राजधानी बाहिर रहेका सबै केन्द्रीय सदस्यहरुलाई काठमाडौँ बोलाएका छौँ’, नेता आत्मरामप्रसाद साहले अनलाइनखबरसँग भन्नुभयो’, आज साथीहरु आएपछि भोलि केन्द्रीय समितिको बैठक हुन्छ ।’

मधेसी जनअधिकार फोरमबाट चोइटिएर बनेको फोरम गणतान्त्रिकका २५ कन्द्रीय सदस्य र १३ सभासद् छन् । १३ सभासदमध्ये बीपी यादव कुटनीतिक राहदानी दुरुपयोगसम्बन्धी मुद्धामा कसुरदार ठहर भई कारागारमा छन् यस्तै वर्तमान सरकारमा सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका अध्यक्ष गुप्ताको अनुपश्थितिमा वर्तमान सरकारमा रहने वा नरहने विषयमा समेत बैठकले निर्णय लिने एक केन्द्रीय सदस्यले बताए ।
भ्रष्टाचारको अभियोगमा अध्यक्ष गुप्ता जेल चलान भएपछि गठन भएको एक वर्ष नपुग्दै फोरम गणतान्त्रिक नेतृत्वविहीन भएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकार गठनका क्रममा फोरमका १३ सभासदले गुप्ताको नेतृत्वमा फोरम गणतान्त्रिक गठन गरेका थिए । पटकपटक मन्त्री र सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्चले मंगलबार गुप्तालाई डेढ वर्ष कैद र १ करोड ६८ लाख विगो तथा जरिवानाको फैसला सुनाएको थियो । अदालतको फैसला लगत्तै आत्मसमपर्ण गरेका गुप्तालाई डिलीबजारस्थित सदरखोर कारागारमा राखिएको छ ।

No comments:

Post a Comment