सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, February 2, 2012

नेपाललाई भारत वा चीनमा गाभ्ने भनेको छैनः प्रधानमन्त्री


१९ माघ, काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले नेपाल भारत वा चीनमध्ये एकमा गाभिने आशयको अभिव्यक्ति नदिएको प्रष्टीकरण दिनुभएको छ ।
भट्टराईले नेपाल चीन वा भारतमा गाभिने भन्ने अभिव्यक्ति दिएको भन्दै विपक्षीले संसदमा आएर माफी माग्नुपर्ने बताइरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाइ बाहिर आएको हो । प्रधानमन्त्री भट्टराईका तर्फबाट उहाँका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दे भन्दै नभनेका कुरामा प्रधानमन्त्रीविरुद्ध गोयबल्स शैलीको प्रचारवाजी भइरहेको बताउनुभएको छ ।
‘२०६८ माघ १ गते केही संचारमर्कीसँगको अनौपचारिक कुराकानीमा दिनुभएको अभिव्यक्तिमध्ये ‘सवमर्ज’ भन्ने शव्दलाई केवल ‘मर्ज’ भन्ने आधा शव्दलाई मात्र टिपेर केही सञ्चार माध्यमहरुले समाचार बनाएपछि सत्य-तथ्य नै पत्ता नलगाई सडकदेखि सदनसम्म सवैतिर प्रधानमन्त्रीको भनाई ‘राष्ट्रघाती’ भएको भन्दै प्रधानमन्त्रीले माफि माग्नु पर्ने कुरा उठाइरहेका छन् पैडेलको विज्ञप्तिमा भनिएको छ, ‘गोयबल्स शैलीमा एकोहोरो भइरहेको प्रचारवाजीले जनस्तरमा समेत थोरै भ्रम पर्न गएको महशुस गरेर यस विज्ञप्तिमार्फत् सत्य-तथ्य स्पष्ट पार्ने प्रयत्न गरेका छौं ।’
विज्ञप्तिमा पृथ्वीनारायण शाहले व्याख्या गरेको जस्तो ‘नेपाल दुईढुंगा बीचको तरुल’ लाई युग सुहा
उँदो मान्न सकिए पनि समाज विकासक्रम संगसंगै राष्ट्रियताको परिभाषा पनि परिवर्तन हुने कारणले राष्ट्रियतासम्बन्धी पृथ्वीनारायण शाहको परिभाषा पूरानो बन्न पुगेको उल्लेख छ । ‘आजको युगमा आर्थिक समृद्धिबिनाको राष्ट्रियता सामन्ति राष्ट्रियता नै हो । दुई छिमेकी राष्ट्र चीन र भारत करिव तीन दशकदेखि दोहोरो अंकको आर्थिक वृद्धिदरसहित छालमय गतिमा अगाडि बढिरहेका छन् । सुनामी गतिमा अघि बढिरहेका दुई छिमेकी राष्ट्रको बीचमा अनेकौं सम्भावनाहरु बोकेर अघि बढिरहेका छन् । हाम्रो देशको अर्थतन्त्र भने चिप्लेकिराको गतिमा घसि्ररहेको छ’, विज्ञप्तिमा भनिएको छ, यही तथ्यलाई मध्यनजर गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले राष्ट्रसंघको ६६ औं महासभालाई संवोधन गर्ने क्रममा होस् वा सार्क शिखर सम्मेलनलाई सम्बोधन गर्दा राष्ट्रियता सम्वन्धी सूत्रवाक्यको रुपमा एउटा कुरालाई जोड दिनुभएको छ- ‘नेपाललाई दुई ठूला देश चीन र भारतको अर्थतन्त्रको पुल बनाउनुपर्छ, उनीहरुलाई जोड्ने माध्यम नेपाल बन्न सक्नुपर्छ ।’ यसो गर्न नसकिएमा मूलतः आर्थिक रुपमा नेपाल पछि पर्ने र अन्ततः तीव्रगतिले छाल झैं विकसित चीन र भारतको अर्थतन्त्रमा नेपाली अर्थतन्त्र ‘सवमर्ज’ -डुब्ने) हुने खतरा दिनानुदिन बढ्दै गइरहेको छ ।’
प्रधानमन्त्रीले नेपाली भूमिको यथार्थ वोलेको भए पनि केही सञ्चार माध्यामले असावधानीवश वा नियतवश ‘अर्थको अनर्थ लाग्ने गरी प्रचार गरेको आरोप पौडलले लगाउनुभएको छ । यस्तै विज्ञप्तिमा त्यस किसिमको प्रचारबाजीबाट सम्पूर्ण देशभक्त र राष्ट्रवादी जनसमुदायमा पर्न गएको भ्रम र त्यसबाट सिर्जित अविश्वासप्रति दुःख व्यक्त गर्दै कोही पनि भ्रमित र आशंकित नहुन आग्रह गरिएको छ । पौडेलले विज्ञप्तिमा सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रहसमेत गर्नुभएको छ ।

No comments:

Post a Comment