सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, January 27, 2012

प्रचण्ड नआएपछि संवैधानिक समिति बैठक निष्कर्षहीन

१३ माघ, काठमाडौँ ।
 माओवादी अध्यक्ष प्रचण्ड उपस्थित नभएपछि भावी संविधानको पहिलो एकीकृत मस्यौदा तयार पार्न जिम्मेवारी पाएको संवैधानिक समितिको शुक्रबार बसेको बैठक निष्कर्षविहीन भएको छ ।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा केहीबेर बसेको बैठकबाट बाहिरिने क्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी नेताको अनुपस्थितिका कारण बैठक निष्कर्षविहीन भएको जानकारी दिनुभयो । नेता नेपालले माओवादी संविधान लेखन प्रक्रियामा जिम्मेवार नबनेको आरोप लगाउनुभयो । माओवादीकै कारण संविधान लेखनको काममा ढिलाइ भइरहेको नेपालको टिप्पणी छ । समितिअन्तर्गतको विवाद समाधान उपसमितिले सहमति जुटाएका विषयमा थप छलफल गरी अनुमोदन गर्ने बैठकको कार्यतालिका थियो ।

। उपसमितिमा सहमति जुटेका विषयमा माओवादीको मोहन वैद्य पक्षले असहमति जनाएपछि संविधान लेखनको काम प्रभावित हुँदै आएको छ । वैद्य पक्षले उपसमितिले सहमति जुटाएको १८ वर्ष उमेर पुगेका हरेक नागरिकले अनिवार्य सैन्य तालिम लिनु नपर्ने, १८ वर्ष पगेेका नागरिकले मात्र मताधिकार प्रयोग गर्ने पाउने तथा संविधानको प्रस्तावनामा नभई व्याख्यात्मक टिप्पणीमा मात्र जनयुद्ध शब्द उल्लेख गर्ने भन्ने विषय उल्ट्याएको हो ।
यसअघि पटकपटक बसेको समिति बैठक वैद्य पक्षको अवरोधका कारण निष्कर्षविहीन भएपछि पछिल्लो बैठकले विवाद समाधानको जिम्मेवारी प्रमुख तीन दलका शीर्ष नेतालाई दिएको थियो ।

No comments:

Post a Comment