विवाहको अवसरमा बेहुलीहरुले पेन्टी नलगाउने चलन बढेपछि त्यसलाई रोक्न ब्राजिलको एक दक्षिणी सहरमा कानुन बन्ने भएको छ । दक्षिण पूर्वी भिला भेल्हा सहरका मेयरले विवाह समारोहमा बेहुलीहरुले पेन्टी लगाउनैपर्ने कानुन ल्याउन लागेका हुन् ।

सरीरको तल्लो भाग ढाक्न कुनैपनि कपडा नलगाउँदा कहिलेकाहीँ विवाह समारोहमा बेहुलीका ढाक्नैपर्ने अंगहरु सबैले देख्ने र त्यसले ठूलो विकृति समेत फैलाउन थालेको स्थानीय चर्चहरुले गुनासो गरेपनि मेयरले कम्तिमा पेन्टी भएपनि लगाउनै पर्ने कानुन प्रस्ताव गरेका हुन् ।
ब्राजिलियन रिपब्लीकन पार्टीका तर्फबाट मेयर बनेका ओजियास जीजीले भनेका छन्, कुनैपनि व्यक्तिलाई आफ्नो इच्छा अनुसारको पहिरनमा विवाह गर्ने स्वतन्त्रता रहेको भएपनि धार्मिक स्थलमा जाँदा नियम मान्नुपर्छ र आफुखुसी गर्न पाइँदैन ।
अधिकारीहरुले नयाँ कानुन कार्यान्वयन गर्न गाह्रो हुने बताएका छन् । कट्टु लगाए नलगाएको अनुगमन गर्न नसकिने भएकाले कानुन कार्यान्वयन गर्न गाह्रो हुने र यसका लागि जनचेतनाका कार्यक्रम आवश्यक हुनुपर्ने अधिकारीहरुको भनाइ छ । स्थानीय पादरीहरुले कानुन निकै महत्वपूर्ण रहेको बताए ।
No comments:
Post a Comment