सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, January 9, 2012

रक्सी र चुरोट खाँदै ८६ औँ म्यारिज एनिभर्सरी

विश्वकै सबैभन्दा लामो समय सम्म जिवित रहेको एक जोडीले हालै आफ्नो विवाहको ८६ औँ वर्षगाँठ मनाएको छ । बेलायतको ब्रेडफोर्डमा बस्ने करमचन्द र उनकी श्रीमती कटारीले ८६ औँ म्यारिज एनिभर्सरी मनाएका हुन् ।
१ सय ६ वर्षका करमचन्द वर्षगाँठ बनाउने क्रममा पत्नीसित अंकमाल गर्दा निकै तरुनो जस्तो गरी मस्किएका देखिन्थे । उनीहरुबीच सन् १९२५ को जनवरी ६ मा सिख परम्परा अनुसार भारतमा बिहे भएको थियो । उनीहरु सन् १९६५ मा बेलायतमा आएर बसोबास गर्न थालेका थिए ।
करमचन्द र कटारीको जोडि विश्वकै सबैभन्दा लामो वैवाहिक सम्बन्ध भएको जोडि हो । अनौठो कुरा त के भने करमचन्द पछिल्ला केहीवर्ष यता दिनहुँ रक्सी र चुरोट खान्छन् । उनले ८६ औँ विवाह वर्षगाँठको विहान पनि पिउन भुलेनन् । धूमपान-मध्यपान गर्ने मान्छे छिटो मर्छ भन्ने मान्यतालाई चुनौति दिएका उनी भन्छन्, तपाइँलाई जे इच्छा लाग्छ सो खानुहोस्, पिउनुहोस् तर संयमता भने अपनाउनुपर्छ ।
पत्नी कटारीले आफुहरुको दीर्घजिवनको राज बताउँदै आफुहरुले प्राकृतिक खाना खाने जसमा घिउ, दुध, मखन र दही नियमित भोजनमा पर्ने खुलासा गरिन् । लोग्नेको चुरोट रक्सीको लतबारे भने उनले केही बताउन चाहिनन् । स्मरण रहोस् उनीहरुका ६ छोराछोरी, २७ नातिनातिनी तथा २३ पनाती पनातिनी छन् ।

No comments:

Post a Comment